त्रिशूली अस्पतालमा वुद्धको प्रतिमा

-शान्तिको कामनासहित प्रतिस्थापन
लोकखबर
२०८२ श्रावण ८, बिहीबार २२:०४

बिदुर–तीन जिल्लाका विरामीहरुको उपचार हुदै आएको त्रिशूली अस्पतालमा वुद्धको प्रतिमा राखिएको छ । विदुर नगरपालिका ९ कोलोनीस्थित त्रिशूली अस्पताल परिसरमा वुद्धको अर्धकदको प्रतिमा स्थापना गरिएको हो ।

अस्पतालका पदाधिकारी, कर्मचारीहरुमार्फत सहयोग संकलन गरेर अस्पताल परिसरमा विश्व शान्ति र विरामीहको स्वास्थ्य लाभको कामनासहित भगवान गौतम बुद्धको मूर्ति प्रतिस्थापन गरिएको अस्पतालले जनाएको छ । उक्त वुद्धको प्रतिमाको विहीवार लामा गुरुहरुद्वारा विशेष कार्यक्रमसहित प्रतिस्थापन गरिएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ ।

उक्त अस्पतालमा हाल नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सार्वसाधारणहरु उपचारका लागि आउने गरेका छन् । आकस्मिक र वहिरंगतर्फ गरि दैनिक पांचसय जना भन्दा वढि उपचारका लागि आउने गरेका छन् ।

 

 


सर्वाधिक रुचाइएको