पुरक परिक्षाको केन्द्र तय
– १५११ परिक्षार्थीले परिक्षा दिने
बिदुर–यस वर्षको एसइई परिक्षामा ग्रेड नपाएका परिक्षार्थीहरुका लागि सन्चालन गरिने ग्रेडवृद्धि परिक्षाको नुवाकोटमा तयारी सुर भएको छ । परिक्षार्थीका लागि परिक्षा केन्द्र चयन गरिएको छ । नुवाकोटवाट यस वर्ष साउन २९ गते विहीवारदेखि भदौ ६ गतेसम्म सन्चालन हुने ग्रेडवृद्धि परिक्षामा एकहजार पांचसय ११ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । एकदेखि सातै वटासम्म विषय लागेकाहरुले उक्र परिक्षा दिन पाउनेछन् ।

परिक्षाका लागि चार वटा परिक्षा केन्द्र चयन गरिएको छ । जसमध्ये सदरमुकाम विदुर क्षेत्रका तीन र सदरमुकाम वाहिर एउटा केन्द्र चयन गरिएको कार्यालय प्रमुख रामचन्द्र इटनीले जानकारी दिए ।
उनका अनुसार ग्रेडवृद्धि परिक्षाका लागि विदुर नपा भित्र त्रिभुवन त्रिशूली मावि, भैरुम मावि र च्वाडी पव्लिक मावि तथा सदरमुकाम वाहिर सातविसेको सुन्दरा माविलाई परिक्षा कन्द्र कायम गरिएको छ । यससंगै नुवाकोटमा एसइइको ग्रेडवृद्धि परिक्षाको तयारी सुरु भएको छ ।
एसइई परिक्षमा यस वर्ष नुवाकोटवाट सवैतर्फ गरि तीन हजार ६ सय ७० जना परीक्षाथी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत उत्तिर्ण भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीका अनुसार अघिल्लो वर्ष २०८० मा भने ४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।

गत वर्षको भन्दा यस वर्ष नुवाकोटमा एसइई परीक्षाको नतिजामा सुधार भएको प्रमुख इटनीको भनाई छ । यस वर्ष नियमिततर्फ र प्राविधिकतर्फ गरि नतिजाले पुर्णता नपाएका एकहजार पांच सय ११ जना विद्यार्थीहरु ग्रेडवृद्धि परिक्षामा सहभागी हुने कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् ।












































