स्वास्थ्यकर्मीहरुको क्षमता विकास कार्यक्रम

– पोषणलाई प्रभावकारी वनाइने प्रतिवद्धता
लोकखबर
२०८२ श्रावण ९, शुक्रबार १९:०५

बिदुर–पोषणलाई प्रभावकारी वनाइने प्रतिवद्धतासहित नुवाकोटको तादी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रहेका आफ्ना कर्मचारीहरुका लागि क्षमता विकास कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रमअन्र्तगत क्षमता विकास अभियान सन्चालन गरिएको छ ।

उक्त कार्यक्रममा तादी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था र आर्युवेद औषधालयहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । पाँच दिनसम्म सञ्चालन भएको तालिममा पोषण, स्थानीय शासनमा पोषणको भूमिका, पोषणमैत्री नीतिहरू र व्यवहार परिवर्तनका उपायहरूबारे सहभागीहरूलाई विस्तृत रूपमा जानकारी दिइएको थियो ।

कार्यक्रमको समापन गर्दै तादी गापा अधयक्ष शन्तमान तामाङले सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गरे । उनले यस कार्यक्रमले स्थानीय स्वास्थ्यकर्मीहरूको ज्ञान अभिवृद्धिमा टेवा पु¥याएको विश्वास लिइएको वताए ।

उनले क्षेत्रीय पोषण तथा पोषणमैत्री स्थानीय शासन’ सम्बन्धि क्षमता विकास तालिमले पोषण सशक्त स्थानीय शासन स्थापनाका लागि फलदायी रहेको वताए । उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले स्वास्थ्यकर्मीहरू पोषणका आधारभूत सिद्धान्त, सेवा प्रवाहमा अपनाउने रणनीति र समुदायमा पोषणप्रति चेतना अभिवृद्धिका लागि तयार हुन जरुरी रहेको वताइन् ।

तादी गापाले यस प्रकारका कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनालको भनाई छ । यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता लिएको उनले वताए ।


सर्वाधिक रुचाइएको