ज्येष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम
बिदुर-नुवाकोटको तारकेश्वर गाउँपालिकाले ज्येष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रमअन्र्तगत ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै सामाजिक सुरक्षा भत्तासमेत गाउंमै पुगेर वितरण गरिएको छ ।

स्थानीय सरकार जनतासंगै प्रत्याभुति दिलाउन तारकेश्वर गापाले सो कार्यक्रम सन्चालन गरेको हो । जसअन्र्तगत तारकेश्वरका ६ वटै वडामा सवै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परिक्षण गरि आवस्यक औषधिसमेत वितरण गरिएको हो ।

‘ज्येष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष’ कार्यक्रम अन्र्तगत आठ सय जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख छविलाल केसीले जानकारी दिए । उनका अनुसार जसमध्ये पांचसय जना महिला तथा वृद्धाहरु रहेका थिए ।

कार्यक्रमामा दुई लाख रुपैया वरावरको औषधि निःशुल्क वितरण गरिएको छ । यसवाट स्वास्थ्य केन्द्र तथा अस्पताल जानु पर्ने वाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा तारकेश्वर गापाका दुई हजार सातसय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । तारकेश्वर गापाको पञ्जीकरण शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सन्चालित उक्त कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो ।

तारकेश्वर गापा अध्यक्ष शिब अधिकारी (अविरल) ले प्रत्येक ३/३ महिनामा वडा÷वडामै पुगेर स्थानीय सरकारको उपस्थिति प्रत्याभुति गराउनुका साथै वृद्ध आमाबुबाहरूको सेवा गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको वताए । यस कार्यक्रमले समयमै भत्ता वितरण, स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउने व्यवस्था मिलाउँदा ज्येष्ठ नागरिकहरूले अन्य झन्झट बेहोरिरहनु पर्ने अवस्थाको अन्त्य भएको उनको दावी छ ।

उक्त कार्यक्रम अन्र्तगत वितेको आर्थिक वर्ष २०८१÷०८२ को अन्तिम त्रैमासिकको कार्यक्रम सम्पन्न गरिएको हो । अध्यक्ष अधिकारीले कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले पन्जिकरण तथा स्वास्थ्य शाखालाई क्रियाशील हुन र सेवालाई प्रभावकारिता वनाउन निर्देशनसमेत दिएका थिए ।

यसवाट गाउंका ज्येष्ठ नागरिक, सर्वसाधारण तथा अशक्तहरु लाभान्वित भएका छन् । उक्त कार्यक्रमलाई सकारात्मक रुपमा लिदै ज्येष्ठ नागरिकहरुले गाउँपालिकाको उक्त कार्यप्रति आभार व्यक्त गरेका छन् ।













































