आकर्षक झरनामा मनोरन्जन लिनेहरुको भीड

-दैनिक हजारौं पुग्छन झरनामा
देवचन्द्र भट्ट
२०८२ श्रावण १०, शनिबार १९:५०

बिदुर-गर्मी छल्न र विदाको सदुपयोग गर्न नुवाकोटका विभिन्न झरनाहरुमा मनोरन्जन लिन जानेहरु वढिरहेका छन् । दैनिक रुपमा हजारौंं जना नुवाकोटको शिवपुरी, ककनी, जिलिङलगायतका स्थानमा रहेका झरनाहरुमा स्नान गर्न पुगिरहेका छन् ।

काठमाडौँको नजिकै रहेको नुवाकोटको शिवपुरी गाउंपालिका–८ मा रहेको झरनामा विदा तथा शनिबारको दिन झरना हेर्ने र नुहाएर मनोरन्जन लिने मानिसहरुको घुइँचो लागेको छ । राजधानी लगायत नेपालभर तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाइलो गर्नको लागि सर्वसाधारण झरनामा जाने गरेका छन् ।

विदा तथा शनिवारको दिन वजारको हल्ला र कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि नुवाकोटको विभिन्न झरना आकर्षक गन्तव्य वनिरहेको छ ।

ति झरनाहरु रहेको नुवाकोटका विभिन्न स्थान प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । निकै नै प्रख्यात रहेको लौके, फुङफुङ तथा जिलिङको हल्चे र वांझे झरना हेर्न र मनोरन्जन लिन जानेहरु वढिरहेका छन् ।

आन्तरिक तथा वाहय पर्यटकहरुलाई थप आकर्षण गर्नका लागि शिवपुरी गाउपालिकाको आयोजनामा शिवपुरी ८ र ककनी गापाको सिमानामा रहेको ठुलो छहरे (लौके) झरना र सानो छहरे झरना क्षेत्र सरसफाई गरिएको छ । झरना आसपास रहेको फोहोरलाई व्वस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।

पर्यटकिय क्षेत्र सरसफाई गरौ आन्तरिक पर्यटक प्रबर्धन गरौ भन्ने नाराको साथ सन्चालित सरसफाई कार्यक्रममा शिवुपरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष वीरबहादुर तामाङ, शिवपुरी ८ का वडाध्यक्ष केशवप्रसाद रिजाल, प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्साललगायत अन्य जनप्रतिनिधि, सरोकारवाला, शिवपुरी गापाका कर्मचारीहरू, छहरे झरना प्रर्या पर्यटन प्रबद्र्धन सस्थाका अध्यक्ष गोपाल सिलवाल तथा पदाधिकारीहरूलगायत सर्वसाधारणले सरसफलाई गरेका हुन् । उक्त झरनामा काठमाडौ तथा नुवाकोटवाट दैनिक हजारौं जना सर्वसाधारण पुग्ने गरेका छन् ।

 

 


सर्वाधिक रुचाइएको