चनौटे–साहुगाउं सडक कालोपत्रे
– आवतजावतमा सुविधा
बिदुर–नुवाकोटको बिदुर नगÞरपालिका ७ तुप्चेमा सडक पुर्ननिर्माण तथा कालोपत्रे गरिएको छ । यसवाट आवतजावतमा सुविधा पुगेको छ ।

चनौटे– चौलाने – गहते – साहुगाउ सड़कको कालोपत्रे गरिएको हो । विदुर नपाको आब २०८१/०८२ को समपुरक योजना अन्र्तगतको बजेट रकम एक करोड एक लाख र बागमती प्रदेश सरकारको एक करोड गरी कुला २ कÞरोड १ लाखको वजेटमध्ये एक करोड़ ७४ लाख रुपैयाको टेण्डरमा सम्झौता भए अनुसार सडक कालोपत्रे भएको वडाध्यक्ष रविन्द्र नेपालले जानकारी दिए ।

उनका अनुसार यसवाट नुवाकोटको तुप्चेवासीलाई सडकमा आवतजावत गर्न सुविधा पुगेको छ ।













































