१० हजार फूलका विरुवा रोपियो

–विद्यालय तथा सर्वसाधारणलाई प्रदान
लोकखबर
२०८२ श्रावण १२, सोमबार १९:४७

बिदुर–विदुर नगरपालिका ५ कार्यालयले वडा परिसरमा फुलको विरुवा रोपण गरृेको छ । वडाभित्रका विभिनन विद्यालय तथा सर्वसाधारणलाईसमेत सयपत्री फूलको विरुवा वितरण गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार १० हजार फूलको बिरुवा रोप्ने अभियान अन्तर्गत वडा कार्यालयको ३ रोपनी जमिन, ५ ओटा विद्यालय र उक्त वडाका जनताहरुलाई सोमवार। सयपत्री फूलको बिरुवा प्रदान गर्नुका साथै फूल रोप्ने कार्यको सुरुवात गरिएको हो ।

विदुर ५ ले आफ्नो वडा परिसरभित्र रहेको बाँझो जमिनमा गत वर्षदेखि फूल खेती शुरु गरेको हो । विदुर नपाकी उपमेयर प्रभा बोगटी, वडाध्यक्ष लीलानाथ न्यौपाने लगायतले वडा कार्यालय परिसारमा रहेको बाँझो जमिनमा फूल रोप्नुको साथै वडाभित्र रहेका विद्यालयहरुलाई फूलको विरुवा वितरण गरेका हुन् ।

कार्यक्रममा उपमेयर प्रभा बोगटीले स्थानीयस्तरमै उत्पादन भएका सयत्रपत्री फूलका बेर्नाहरुको प्रयोगले स्थानीयस्तरमै प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइन् । उनले वडाले गरेको पुष्प खेती कार्यक्रमले समग्र विदुर नगरको नीति र विकासमा योगदान दिएकोसमेत बताइन् ।

वडाध्यक्ष लीलानाथ न्यौपानेले वडा कार्यालयको निर्णय अनुसार पहिलो चरणमा वडा कार्यलय परिसरमा फूल रोप्ने काम सम्पन्न भएको र वडा भित्र रहेका विद्यालयहरुलाई विरुवा हस्तान्तरण गरिएको बताए । आगामी समयमा वडाभित्र जनताहरुको माग र आवश्यकता हेरेरे स्थानियलाई पनि फूलका विरुवा वितरण गरिनेसमेत बताए ।

वातावरण तथा कार्यालयमा सौन्दर्यताको लागि वडा भित्र रहेको विद्यालयहरुलाई सयपत्री फूलको बेर्ना समेत वितरण गरिएको वडासचिव शिवहरि गजुुरेलको भनाई छ । उनका अनुसार चन्द्रज्योती मावि, शहिद जगतप्रकाश जंग शाह संस्कृत मावि, च्वाडी पब्लिक मावि, रक्तकाली आधारभुत विद्यालय र गुडविल एकेडेमीलाई फूलको विरुवा वितरण गरिएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रध्यानाध्यापक र सरोकारवालाको सहभागिता रहेको थियो । विदुर ५ ले गत वर्ष फूल विक्री गरेर ३० हजार रुपैया आम्दानी गरेको थियो ।


सर्वाधिक रुचाइएको