गोसाइकुण्डमा डुवेका युवकको शव निकालियो

– मौसम प्रतिकुलताका कारण काठमाडौ लैजान सकिएन
लोकखबर
२०८२ श्रावण १२, सोमबार १९:५५

त्रिशूली-प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई युवकको शव १८ घण्टापछि निकालिएको छ । मौसम प्रतिकुल भएपछि शव निकालिए पनि लैजान सकिएको छैन् ।
गोसाईकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध गोसाईकुण्डमा आइतवार अपरान्ह द्ध वजे डुवेर वेपत्ता भएका मोरङका दुई युवकको शव सोमवार सुरक्षाकर्मीले स्थानीय प्रविधिको प्रयोग गरि निकालेका हुन् । कुण्डमा डुवेर वेपत्ता दुई युवकको खोजीमा सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी तथा सर्वसाधारण खटिएका थिए ।
सुरक्षाकर्मीसहितको टोली आइतवार राती देखि नै घटनास्थल गोसाइकुण्डमा  परिचालन भएको थियो । मौसम प्रतिकुलताको कारण गोसाईकुण्डवाट निकालिएका  दुई जना युवकको शव काठमाडौ लैजान सकिएका् छैन् ।
निरन्तर झरी पर्नुका साथै मौसममा आएको प्रतिकुलताको कारण प्रसिद्ध गोसाईकुण्डमा निकालिएको दुई जना युवकको शव सोमवार अवेरसम्म पनि काठमाडौ लैजान नसकिएको सशस्त्र प्रहरी वलले जनाएको छ ।
लगातार वर्षाको कारण गोसाइकुण्डमा हेलिकप्टर जान र अवतरण गर्न असम्भव भएपछि युवकहरुको शव तीर्थ यात्री बस्न बनाईएको पाटीपौवामा राखिएको छ । उक्त स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज तैनाथ रहेको छ ।
स्नान गर्ने क्रममा बेपत्ता दुवै जनाको शव नेपाली सेनाको श्रीनाथ गण सुरक्षा पोष्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले सोमवार विहान ११ बजे गोसाईकुण्डबाट निकालेका थियो । गोसाईकुण्डमा डुवेर मोरङको बेलवारी नगरपालिका–११ का २५ वर्षिय मनोज न्यौपाने र सोही जिल्लाको विराटनगर महानगरपालिका–३ का २९ वर्षिय सुजन ढकाल डुवेर बेपत्ता भएका थिए ।
उनीहरुको शव झण्डै १९ घण्टापछि विभिन्न उपकरण प्रयोग गरि निकालिएको हो । मौसम सफा भएपश्चात मंगलवार  हेलिकप्टरद्धारा दुवै जनाको शव काठमाडौं ल्याउने तयारी रहेको सशस्त्र प्रहरी बलका  सह प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
सुरक्षाकर्मीको टोलीले आइतवार राती ८ बजेको समयमा गोसाइँकुण्ड पुगेर उद्धार सुरु गरेको थियो ।  लगातारको वर्षातका कारण वास्तविकता पहिल्याउन सकिएको थिएन । सोमवार बिहान सांढे सात बजेबाट सुरु गरिएको उद्धार कार्यमा निरन्तर प्रयासकाबीच बिहान साँढे १० बजे दुबै जनाको शव कुण्डबाट निकालिएको प्रहरीले जनाएको छ ।
जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा विशेष  मेला सुरु भएको र  तीर्थयात्रीहरूको भीड बढिरहेको बेला घटेको उक्त दुःखद घटनाले सम्पूर्ण तीर्थालुहरूलाई सचेत र सावधानी अपनाउन आग्रह गरिएको रसुवा प्रशासनले जनाएको छ । कुण्डमा पौडी नखेल्न र सचेतना अपनाउन सुरक्षा निकायले आम सर्वसाधारणमा अनुरोध गरेको छ ।


सर्वाधिक रुचाइएको