साउनको दोश्रो सोमवार दुई लाख भेटी

– दुप्चेश्वर मुख्य तीर्थस्थल वन्दै
देवचन्द्र भट्ट
२०८२ श्रावण १३, मंगलवार ००:०५

विदुर–हिन्दुहरुको आराध्य देव भगवान शिवको विशेष पुजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ । यहि साउनको दोश्रो सोमवार नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौं भक्तजनहरुको आगमन भएको छ ।
दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा असंख्य भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ।

काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजतासंगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको दोश्रो सोमवार मात्र एकैदिन झण्डै नौ हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । मन्दिरमा दर्शन गर्नेहरुको लाइन वेलुकीसम्म नै लागेको थियो ।
दुप्चेश्वरमा सोमवार भक्तजनहरुले चढाएको झण्डै दुई लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । उक्त स्थानमा पुगन नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ ।
हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । प्रसिद्ध दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

दुप्चेश्वरमा सोमवार नौ हजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेका थिए । नौ घण्टासम्म मन्दिर दर्शन गर्नका लागि लाइन वस्नु परेको थियो ।
दुप्चेश्वरमा साउनको दोश्रो सोमबार एकलाख ८९ हजार आठ सय ४५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा सन्ध्या आरतीको ८० हजार रुपैया भेटी संकलन भएको छ ।

दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए ।

 

 


सर्वाधिक रुचाइएको