तीन वर्षभित्र स्याफ्रुवेशी–रसुवागढी सडक पक्कि वन्छः मन्त्रि दाहाल
बिदुर–भौतिक पूर्वाधार तथा यातायात मन्त्रि देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त रसुवागढी नाका पुनः सुचारु गर्न सरकार प्रतिवद्ध रहेको वताएका छन् । सरकारले पहिलो प्राथमिकता दिएर चीनसंगको नाका छिटो भन्दा छिटो खुलाउन सरकारले पहल गरिरहेको मन्त्रि दाहालले वताए ।

नुवाकोटको विदुरमा मंगलवार वेलुका प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रि दाहालले अवको डेढ महिनाभित्र नेपाल–चीन सिमाना लेन्देखोलामा अस्थायी पुल वनिसक्ने वताए । उनले नेपाल–चीन जोड्नका लागि स्याफ्रुवेशी–रसुवागढी नाका छोटो दुरीको रहेका कारण सरकारले यसलाई प्राथमिकता दिएर पुर्ननिर्माणका लागि कुटनितिक रुपमा पहल गरिएको वताए ।

सरकारको त्रिदेशीय सडकमार्ग वीरगन्ज–गल्छी–विदुर–स्याफ्रुवेशी–रसुवागढी विशेष प्राथमिकतामा रहेका कारण यसको छिट्टै पुसर्ननिर्माण हुने र नेपाल–चीनवीच आयातनिर्यात पनि सुचारु हुने दावी गरे । उनले यसको पछिल्लो अवस्थाका सम्वन्धमा आफुले सडक विभागका प्राविधिकसहितको टोलीले मंगलवारै स्थलगत अवलोकन गरेकोसमेत वताए ।
चीनको तिव्वतवाट लेन्देखोलामा आएको भीषण बाढीले ध्वस्त गरेको रसुवागढीमा अवको डेड महिनाभित्र अस्थायी पुल वसिसक्ने मन्त्रि दाहालले वताए । त्यसका लागि छिमेकी चीनको निर्माण तथा प्राविधिक पक्ष खटिइसकेको वताए ।

गत असार २४ गते मंगलवार बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीमा आगामी वडादशैंअघि नै बेलिब्रिज स्थापना गर्र्नेे तयारी भइरहेको उनको भनाई छ । नेपाल–चीन भौगोलिक रुपमा रसुवागढी उपयुक्त रहेको र ‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवागढी नाका महत्वपूर्ण रहेका कारण सरकारले त्यसको पुर्ननिर्माण र सुचारुका लागि आवस्यक पहल तथा कार्य गरिरहेको मन्त्रि दाहालको भनाई छ ।

चीनले स्याफ्रुवेशी–रसुवागढी सडक पुनर्निर्माणलाई छिटो पुर्णता दिइने पनि उनले वताए । दुई लेनमा निर्माण हुने १६ किलोमिटर लम्वाइकको उक्त सडक चीनले वढिमा तीन वर्षभित्र निर्माण गर्ने पनि मन्त्रि दाहालले पत्रकारहरुसंग भने ।

यस विषयमा आफ्नो नेपालका लागि चीनका राजदूत चेन सोङबीच भएको भेटमा विशेष कुराकानी भइसकेको पनि मन्त्रि दाहालले वताए । रसुवागढी पुल पुनर्निर्माणको विषयमा चीन सकारात्मक भई अस्थायी पुलको निर्माण नै थालिसकेको मन्त्रि दाहालले वताए ।
आफुसंग राजदूत चेनले, “दशैंअघि नै मितेरी पुलको ठाउँमा बेलिब्रिज राख्ने योजना रहेको वताएकोमा त्यसको कार्य भइरहेको छ,”–कहिले निर्माण हुन्छ? भन्ने पत्रकारको प्रश्नमा मन्त्रि दाहालले भने । मन्त्रिले थपे, “हामीले रसुवागढी नाका सकेसम्म छिटो खोल्न र नयां पुल बनाउन आग्रह गरेका थियौँ, सोही अनुसार चिनीया राजदूतले पनि त्यसमा सकारात्मक रुपमा प्रतिक्रिया जनाएसंगै कार्य सुरु भएको हो ।”

अकल्पनिय बाढीले क्षति पु¥याएको स्याफ्रुबेँसी–रसुवागढी सडक पुनर्निर्माणको थप कार्य, मैलुङ–स्याफ्रुवेशी २० किलोमिटर सडकको यहि महिना भित्र नयां ठेक्का प्रक्रिया गरिने पनि मन्त्रि दाहालले वताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले मंगलबारै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको निरीक्षण गरेका हुन् ।
मन्त्री दाहालसहित सडक विभागका महानिर्देशक डा. विजय जैसीलगायतको प्राविधिक टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको रसुवागढी नाकासम्म स्थलगत निरीक्षण गरेर फर्किएको हो । मन्त्री दाहालले पुर्ननिर्माण भइरहेका सडकको निर्माण कार्य सुचारु गर्न, पुर्व तयारी पुरा गर्न र समवन्धित निकायलाई सहयोग गर्न विशेष निर्देशन दिएका छन् ।

त्रिशूली नदीबाट थप क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले नुवाकोट र रसुवाका सरोकारवाला निकायलाई निर्देशन दिए । रसुवागढीमा अस्थायी पुल निर्माणको कार्य चिनियाँ पक्षले नेपालकै पहलमा गरिरहेको मन्त्रि दाहालको भनाई छ ।
स्याफ्रुवेशी–रसुवागढी सडकलाई चीनले वनाइदिने सहमति भएको र अवको तनि वर्षभित्र उक्त सडक कालोपत्रेसहित दुई लेनको वन्ने मन्त्रि दाहालको भनाई छ ।

जीर्ण भएको पासाङल्हामु सडकमार्गको पुर्ननिर्माण तथा मर्मत कार्य भइरहेकोसमेत मन्त्रि दाहालले वताए । उनले वजेट र प्राथमिकताका आधारमा पुर्ननिर्माण गरिदै जानेसमेत वताए । सडकलगायतका पुर्वाधारको विकासवाटै अन्य पुर्वाधारको विकास हुनेपनि मन्त्रि दाहालको भनाई छ । बाढीले क्षतिग्रस्त सडकहरुको मर्मत तथा पुर्ननिर्माण भइरहेको पनि सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताए ।













































