पन्चकन्यामा खड्कुले झरना महोत्सव
बिदुर–आन्तरिक तथा वाहय पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्यामा खड्कुले झरना महोत्सव गरिएको छ । यसको विस्तार र प्रवद्र्धनका लागि उक्त झरनामा पहिलो पटक महोत्सव गरिएको हो ।

पञ्चकन्या गाउँपालिका ३ र ४ को सिमानामा रहेको गौमती खड्कुले झरना–सिद्धेश्वर नागदह झरनालाई विस्तार तथा प्रबद्र्धन गर्नका लागि मंगलवार एक दिबसीय झरना महोत्सव गरिएको हो । खड्कुले झरना ब्यबस्थापन समितिको आयोजनामा गरिएको महोत्सवको पञ्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले उद्घाटन गरे ।

उनले प्राकृतिक सम्पदाहरु हाम्रा सम्पत्ति भएको हुंदा यसको सदुपयोग गरि पर्यटन प्रवद्र्धन र आयआर्जनमा केन्द्रीत हुनु पर्ने वताए । उनले प्राकृतिक दृश्यावलोकनका कारण सर्वसाधारणलाई मनोरन्जन र मुड फ्रेस हुने भएकाले यसको संरक्षण र सम्वद्र्धन जरुरी रहेको वताए ।

कार्यक्रममा पन्चकन्या गापाकी उपाध्यक्ष बिमला पाठककेसीले स्थानीयवासीको आआर्जन र उत्पादनलाई विक्री वितरणका लागि पनि झरनाको बिशेष प्रवद्र्धन गरिएको वताइन् । सोही कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हिराधन राइले पञ्चकन्या गापाले उक्त खड्कुले झरनालाई विशेष संरक्षण र प्रवद्र्धन गरी पञ्चकन्याको पर्यटकिय स्थल घ्याङस्वारा तथा कपिलेस्वरसहित खड्कुले झरनालाई पर्यटकिय केन्द्रको रुपमा बिकास गर्ने योजना रहेको जानकारी दिए ।

झरना महोत्सव स्थानीय प्राकृतिक स्रोत र धार्मिक सम्पदाको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गरि सामाजिक एकता तथा समृद्धिको मार्ग प्रसस्त गर्ने रहेको छ । कार्यक्रममा गीत, संगीत तथा विभिन्न विद्याका कलाकार सहितको टोलीले आआफ्नो सांगितिक प्रस्तुती गरेका थिए ।

स्थानीय किंबदन्ती अनुसार स्थानीय समुदायले कुनै पनि भोजभतेर गर्न भांडाकुंडा आबश्यक भएमा खड्कुलोलगायत आबश्यक भांडा नागको पूजा आजा गरेर मागे पछि पाईने भनाई रहेको स्थानीय वुढापाकाहरु वताउंछन् । उक्त झरना अवलोनका लागि सदरमुकाम विदुर, नुवाकोटकै अन्य स्थान तथा काठमाडौवाटसमेत सर्वसाधारण पुग्ने गरेका छन् ।

उक्त खड्कुले झरनालाई नागपञ्चमीको अबसर पारेर नागको विशेष पुजाआजासहित लामा गुरु तथा ब्राम्हण पुरोहितबाट विशेष पूजा अर्चना गरि उक्त स्थानमा झन्डोत्तलनसहित खड्कुले झरना महोत्सव गरिएको हो । कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

खड्कुले झरना महोत्सबको रुपमा स्थानीय समुदाय तथा कलाकारहरुले झांकी, कला प्रदर्शन, भजनकिर्तन सहित झरनाको प्रबद्र्धन गरी महोत्सव सम्पन्न भएको होे । आगामी बर्षदेखि प्रत्येक नाग पञ्चमीका दिन विशेष मेला आयोजना गरिने गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाई छ ।















































