प्राकृतिक खेति प्रवद्र्धन कार्यक्रम
बिदुर–नुवाकोटको खेतियोग्य भुमिमा प्राकृतिक खेति प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । यसवाट कृषकहरु निकै उत्साहित भएका छन् ।

जसअन्र्तग एकैपटक नुवाकोटको दुप्चे्श्वर गाउंपालिका ४ वेतिनीस्थित तीन गाउंका किसानहरुलाइृ कृषि सामग्रीहरु प्रदान गरिएको छ । गोल्फुभञ्ज्याङ, नयाँबस्ति र ढुँडेनीका ६४ जना कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

किसानहरु प्राकृतिक खेति गर्न उत्साहित भएका छन् । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत प्राकृतिक खेतीलाई प्रबद्र्धन गर्ने उद्देश्यले गोल्फुभञ्ज्याङ, नयाँवस्ति र ढुँडेनी गाउंलाई तरकारी उत्पादनका लागि प्राकृतिक खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने अभियान सुरु गरिएको हो ।

यसै सन्दर्भमा, सो अभियानलाई सार्थक वनाउन एकैपटक ६४ जना किसानहरुलाई आवश्यक कृषि सामग्रीहरू वितरण गरिएको छ । यसवाट किसानहरुलाई प्राकृतिक खेति उत्पानमा मद्धत पुगेको छ ।

वितरण गरिएका सामग्रीहरूमा प्लास्टिक टनेल, गार्डेन पाइप, हजारी, ड्रम, स्प्रे, ट्रे र सिकेचर जस्ता आधुनिक कृषि उपकरणहरू रहेका छन् । यसवाट किसानहरुले प्राकृतिक तरिकाले तरकारी खेती गर्न सहजता पाउनेछन् ।

यस कार्यक्रमको मुख्य उद्देश्य किसानहरुलाई प्राकृतिक खेतिको अभ्यासलाई प्रोत्साहन गर्दै उनीहरूको आय वृद्धि गर्नुका साथै स्वस्थकर खाद्य प्रणालीमा पहुँच विस्तार गर्नु रहेको सहजकर्ता रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनार्ई छ । उनका अनुसार किसानहरुलाई खेतिमा रासायनिक मल र विषादीको प्रयोगबाट टाढा रही कृषिमा वातावरणमैत्री, दिगो र स्वदेशी प्रविधिमा आधारित कृषि प्रणाली विकास गर्नु यस कार्यक्रमको दीर्घकालीन उद्धेश्य रहेको छ ।

“अहिलेको समयमा परम्परागत खेति पद्धतीले मात्र हुदैन, विज्ञान र प्रविधिको प्रयोगसँगै जैविक र प्राकृतिक खेतीलाई प्राथमिकता दिनुपर्छ । यसर्थ स्थानीय किसानहरूको जीवनस्तर उकास्न यस प्रकारको कार्यक्रम महत्वपुर्ण रहेको छ– दुप्चेश्वर ४ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले भने । उनका अनुसार किसानहरूले प्राप्त गरेका कृषि सामग्रीको उचित प्रयोग गरेर आफ्नो कृषि उपज उत्पादनमा गुणात्मक परिवर्तन ल्याउने छन् ।

“कृषि हाम्रो जीवनशैली मात्र होइन, समृद्धिको बाटो रहेको यसवाट सोच बदल्नुपर्छ—रासायनिक मलको भरमा होइन, प्रकृतिसँग मिलेर खेती गर्ने सोचका साथ हामीले यो पकेट क्षेत्र विकास गर्ने योजना अघि सारेका छौं”–रुडेक नेपालका अध्यक्ष केसीले भने । किसानलाई वितरण गरिएका सामग्रीहरू कुनै अनुदान मात्र होइनन्, किसानलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सघाउने उपकरण पनि भएकाले यस कार्यमा स्थानीय सरकार, समुदाय र किसानहरूकै सक्रिय सहभागितामा सबै मिलेर यो अभियानलाई सार्थकन वनाउनुपर्ने वताए ।

ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र–रुडेक नेपालको कार्यान्वयन र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत किसानहरूको सीप अभिवृद्धिका लागि नियमित तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमहरू सञ्चालन भइरहेको छ । किसानहरुको उत्पादनको बजारीकरण र मूल्य श्रृंखला विकासका लागि आवश्यक सहयोग प्रदान गरिने कार्यक्रम रहेको छ ।

गोल्फुभञ्ज्याङ, नयाँबस्ति र ढुँडेनी क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढाइएको उक्त अभियानले दीर्घकालीन रूपमा नुवाकोटमा वातावरणमैत्री र दिगो कृषि अभ्यासको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।












































