ल्हेन्देखोला हुदै त्रिशूलीमा फेरी भीषण वाढी
त्रिशूली-नेपाल–चीन सिमाना हुदै वहने लेन्दे खोलामा पुनः भीषण बाढी आएको छ । गड्गडाउंदै आएको बाढीले जलविद्युत तथा त्रिदेशिय मार्गमा निकै क्षति गरेको छ ।
चीनको तिव्वत हुदै रसुवागढी नाकावाट वहने लेन्देखोलामा अकल्पनीय बाढीले गरेको क्षतिको घाउ नसुक्दै पुनः वुधवार सोही खोलामा विनासकारी वाढी आएको छ ।

वाढीले नुवाकोटको किस्पाङ गाउंपालिकास्थित त्रिशूली विद्युत हवमा निकै क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
नेपाल–चीन सिमा रसुवागढीको ल्हेन्दे खोला हुदै त्रिशूलीमा मिसिएको बाढीले नुवाकोटको नेपाल विद्युत प्राधिकरणको २२० केभीएको त्रिशूली–३ बी हब सबस्टेसनमा पुनः क्षति पु¥याएको हो । तीन साता अगाडिको बाढीले पनि उक्त सबस्टेसनमा ठूलो क्षति पुगेको थियो ।

अहिले क्षति फेरी दोव्वर वनाएको स्थानीवासीको भनाई छ । उक्त सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
अन्य प्लान्टहरुमा भने क्षति नभएको प्राधिकरणले जनाएको छ । यद्यपि, बाढीले सबस्टेसनमा बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने भएको छ् ।

लेन्देखोलामा वुधवार फेरि पनि ठूलो बाढी आउँदा नुवाकोट र रसुवामा त्रिशूली नदी किनारको क्षेत्र कटानमा परेको उत्तरगया गापा अध्यक्ष माधवप्रसाद अर्यालको भनाई छ । उनका अनुसार बाढीले विद्युत संरचना, सडकमा निकै क्षति पु¥याउनुका साथै नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगया धाम डुबानमा परेकोे छ ।
बाढीका कारण गत असार २४ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले गत सातादेखि सुरु गरेको अस्थायी पुल निर्माणको कामसमेत रोकिएको छ । सडक, पुल तथा जलविद्युतका सरचना पुर्ननिर्माण वर्खाको समय भएका कारण अनिश्चित भएका छन् ।

चीनको तिब्बतमा परेको भीषण वर्षासँगै वुधबार विहानको रातीदेखि नेपालतर्फको लेन्देखोला र सोही खोला मिसिएको त्रिशूली नदीमा २३ दिन नवित्दै फेरी भीषण बाढी आएको हो । आकस्मिक आएको बाढीले किस्पाङ गापा ५ स्थित विद्युुतको त्रिशूली हवस्टेशन वगाएको छ ।
वाढीले वगाउंदा करोडौंको क्षति पुगेको विद्युत प्राधिकरणले जनाएको छ । २३ दिन अगाडि आएको बाढीले गरेको क्षतिको पुर्ननिर्माण सुरु नहुदै फेरी वाढी आउंदा विपत्ति माथि विपत्ति थपिएको नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइले वताए ।

उनका अनुसार क्षतिको न्युनीकरणको पहल सुरु गरिएको छ । उक्त स्थानमा विद्युत निर्यात तथा आपुर्ति वन्द भएको छ ।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा ठुलो क्षति गरेको छ । बुधबार बिहान ३ बजेदेखि नदीमा भीषण बाढी आएपछि उक्त क्षति गरेको हो ।
बाढीका कारण लेन्देखोला र त्रिशूलीको जलसतह ह्वात्तै बढेको थियो । लेन्देखोलामा पुनः आएको भीषण बाढीले त्रिदेशिय सडकमार्गको दर्जनौं स्थानमा सडक कटान गर्नुका साथै वगाएको छ ।

उक्त सडकमार्गको स्याफ्रुवेशीदेखि रसुवागढीसमम १० स्थानमा सडक ध्वस्त भएको रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले वताए । उनका अनुसार २३ दिन अगाडिको बाढीले क्षति गरेको उक्त सडक पुर्ननिर्माण र मर्मत गरि केहि दिन अगाडिदृखि मात्रै सन्चालन गरिएकोमा वुधवार आएको वाढीले पहिलेको भन्दा पनि वढि क्षति गरेको छ ।
क्षतिको अन्य मुल्यांकन कार्य भइरहेको अधिकारीको भनाई छ । ‘लेन्देखोलामा गत असार २४ गते मंगलवार आएको भन्दा ठूलो बाढी आएको छ,’ अधिकारीले भने, ‘बाढीले धेरै ठाउँमा सडक बगाएको छ, पुर्ननिर्माण र मर्मत सकिने वित्तिकै फेरी वगायो ।’

बाढीले सडक बगाउँदा उक्त मार्ग खण्डहर जस्तै भएको छ । ‘स्याफ्रुवेसीदेखि टिमुरे–रसुवागढीसम्मका विभिन्न १० स्थानमा बाढीले सडक अवरुद्ध गरेको छ,’ सहायक प्रजिअ अधिकारीले भने, ‘अहिले उक्त सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध भएको छ भने क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।’
गत असार २४ गतेको बाढीले बगाएको सडक मर्मत गरेपछि त्यस क्षेत्रमा केही दिनअघिबाट मात्रै साना ठुला गाडी चल्न थालेका थिए । मर्मत गरेको र नयाँ ठाउँमा पनि बाढीले सडक कटान गरेर ध्वस्त वनाएको अधिकारीले बताए ।

नुवाकोट र रसुवामा मंगलवार र वुधवार पानी नपरे पनि लेन्देखोलामा ठूलो बाढी आएको स्थानीयवासीको भनाई छ । ‘खासै ठूलो पानी परेको छैन,’ अधिकारीले भने, ‘तिब्बततिरवाटै आएको बाढीले क्षति गरेको हो, के भएर वाढी आएको हो? अहिले नै भन्न सकिने अवस्था छैन ।
लेन्देखोला र त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । नुवाकोट र रसुवाको जिल्ला प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो । बाढीले नुवाकोटको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका थिए । वाढीले क्षति गरेर बन्द सडक खुलाउने प्रक्रियाका लागि आवस्यक कार्य सुरु गरिएको छ ।

ल्हेन्देखोलामा वुधवार आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरेस्थित सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । नदीमा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता कार्यहरू नगर्न प्रशासनले चेतावनी दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सिमाना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा चीनतर्फबाट ठूलो बाढी आएकाले नुवाकोट, रसुवा र धादिङका त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजगता अपनाउन आग्रह गरेको थियो । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको तौल मापक यन्त्र धर्मकाटा बगाएको छ ।

यसअघि गत असार २४ गते मंगलवार ल्हेन्देखोलामा चीनतर्फबाटै भीषण बाढी आउँदा नुवाकोट र रसुवामा ठूलो मात्रामा जनधन क्षति भएको थियो । रसुवागढी टिमुरेवाट तीन सुरक्षाकर्मी, ६ जना चिनीया नागरिक र नेपाली चालक, कामदारसहित २० जना वेपत्ता भएका थिए ।
सोही दिन नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक लालवहादुर श्रेष्ठको शवमात्र सनाखत भएको थियो । केहि शव तथा मानव अंगका टुक्रा त्रिशूली नदीका विभिन्न स्थानवाट फेला परेपनि अन्यको पहिचान हुन सकेको छैन् ।













































