निर्देशनवाट डेव्यु गर्दै अर्जुन
बिदुर–सानो पर्दामा सफल तथा चर्चित पात्र अर्जुन घिमिरे पांडे अव ठुलो पर्दाको चलचित्रतर्फ लागेका छन् । उनको निर्देशन डेव्यु चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्तसंगै छायांकसमेत सुरु गरिएको छ ।

नुवाकोटको ककनी गापाको ओखरपौवा घर भएका घिमिरे डेढ दशकभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहेका छन् । ललीतपुरको धन्वन्तरी बाराही मन्दिरमा शुभ मुहूर्तसंगै उनले ‘झरीपछिको इन्द्रेणी’को निर्देशन सुरु गरेका हुन् ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण सुरु भएको चलचित्रमा कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा सफल र चर्चिक कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा मुख्य भुमिका गणेश उप्रेतीको रहनेछ ।

यसमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियना आचार्य मुन्नीलगायत डेढ दर्जन कलाकारहरुको अभिनय रहने जनाइएको छ । चलचित्रमा कथा कुमार व्यञ्जनकार, पटकथा तथा संवाद गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको एउटा ¥याप गीत रहने छ । ’झरीपछिको इन्द्रेणी’को छायांकन बागबजारबाट सुरु भएको हो ।

यसको मुख्य भूमिकामा गणेश उप्रेती छन्, उनी नौ वर्षपछि चलचित्रमा फर्किएका हुन् । यसको निर्मातामा सुशील कडरिया छन् ।
हास्य टेलिश्रृंखला ‘भद्रगोल, सक्किगोनी’ निर्माण तथा निर्देशन गरेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले कथानक चलचित्रको निर्देशनमा डेब्यू गरेका हुन् । ‘झरीपछिको इन्द्रेणी’को छायांकन ४५ दिनसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा हुनेछ ।

चलचित्रको शुभ मुहूर्त चलचित्रको सवै समूह नै शुभसाइत पूजामा सहभागी भएका छन् । पाँडे गतवर्षको चलचित्र ‘लाज शरणम्’को निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा अभिनेता पनि हुन् ।
‘सक्किगो नि’ सिरिजकी कलाकार प्रियाना आचार्य ‘मुन्नी’ यो चलचित्रमा कलाकारको रुपमा सहभागी छिन् । ‘कथाले मागेको खण्डमा अन्य कलाकार पनि भित्रिन सक्नुहुन्छ’ पाँडेले भने ।

यस चलचित्रको शीर्ष भूमिकामा गणेश उप्रेती छन् । पछिल्लो फिल्म ‘होमवर्क’ प्रदर्शनमा आएको ९ वर्षपछि उनी चलचित्रमा फर्किएका हुन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी यही चलचित्रका लागि हाल काठमाडौंमा छन् । कमब्याकपछि आफू उत्साहित रहेको उप्रेतीले बताए ।
पारिवारिक कथावस्तुमा समेटिएको यस चलचित्रको एक अर्को एक गीत नेपाल भाषाका गायक रोजमाज महर्जनको हुनेछ । मुहूर्त पूजामा काठमाडौं महानगरका मेयर वालेन्द्र शाह बालेन पत्नी सविना काफ्ले पनि सहभागी भएर सफलताको शुभकामना दिएकी थिइन् ।

बाबु–छोराबीचको कथामा बन्न लागेको चलचित्र ४५ दिनको सेड्युलमा काठमाडौं, ललितपुर र भक्तपुरमा छायांकन हुनेछ । अर्जुनले ‘झरीपछिको इन्द्रेणी’ आफ्नो ‘अपग्रेड भर्सन’ रहेको बताएका छन् ।
उनले चलचित्रबारे भने, ‘यो पूर्ण फेमिली ड्रामा हो । घर–परिवारमा भइरहने घटनाक्रम, जुन हामी सबैले भोगेका छौं, त्यसलाई नै कथावस्तु बनाएका छौं’ फिल्ममा अग्रज कलाकारहरुसँग सहकार्य गर्न पाउँदा आफूले भाग्यमानी महसुस गरेको पनि उनले बताए ।











































