संघको  कल्याणकारी कोष स्थापना

– मासिक वचत गर्ने निर्णय
लोकखबर
२०८२ श्रावण १७, शनिबार १५:३७

बिदुर–लोकतान्त्रिक निर्माण व्यवसायी संघ नुवाकोटले आर्थिक कोष निर्माण गर्ने निर्णय गरेको छ । यसका लागि मासिक रुपमा रकम वचत गर्ने निर्णय गरिएको छ ।

संघको शनिवार विदुरमा सम्पन्न वैठकले  कोष स्थापना गरेको हो । यसका लागि कार्यसमितिका पदाधिकारी सदस्यबाट पहिलो पटक पांच हजार रुपैया स.कलन गरेको छ ।
कोषका लागि पदाधिकारी सदस्यबाट प्रत्येक महिना एकहजार रुपैया वचत जम्मा गर्ने, कोष व्यवस्थापनको लागि अध्यक्ष सुमन अधिकारी, महासचिव योगेन्द्रसिंह थापा र कोषाध्यक्ष बिनोदकुमार भट्टको नाममा खाता सञ्चालन गर्ने निर्णय गरेको छ । कोषमा वचत भएको रकमवाट आवस्यक यन्त्र, प्रविधि उपकरणका साथै औजारहरु खरिद गरिने कोषाध्यक्ष बिनोदकुमार भट्टले जानकारी दिए । ति सामग्रीहरु व्यवसाहीहरुका निर्माण क्षेत्रमा प्रयोग गरिने महासचिव योगेन्द्रसिंह थापाको भनाई छ  ।
संघका अध्यक्ष सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले दुई जनालाई सदस्य मनोनित गरेको छ । संघले रमेश बस्नेत  र सुकुमान तामाङलाई सदस्य र  सल्लाहकार समितिमा धु्रर्व श्रेष्ठ, जगतबहादुर तामाङ, फैसिङ तामाङ र नवीनकृष्ण राजभण्डारीलाई मनोनित गरेको छ ।
संघले कार्यालय व्यवस्थापन अन्र्तगत लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घको कार्यालय विदुरमा सञ्चालन गर्नुका साथै साधारण सदस्यता विस्तारतर्फ महासचिव योगेन्द्रसिंह थापालाई जिम्मेवारी दिने र  साधारण सदस्य प्रति वर्ष एक हजार रूपैयाँ शुल्क निर्धारण गर्ने निर्णय गरेको छ ।


सर्वाधिक रुचाइएको