त्रिशूली अस्पतालमा नाक, कान, घांटी उपचार सेवा

– चिकित्सकद्वारा उपचार सुरु
लोकखबर
२०८२ श्रावण २०, मंगलवार २०:३९

बिदुर–तीन जिल्लाका विरामीहरुको उपचार हुदै आइरहेको त्रिशूली अस्पतालमा थप उपचार सेवा सन्चालन गरिएको छ । विदुर नगरपालिका ९ कोलोनी वाघटारमा रहेको त्रिशूली अस्पतालमा मंगलवारदेखि नाक, कान, घांटीको उपचार सेवा सन्चालन गरिएको हो ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका आवासीय चिकित्सकद्वारा नाक, कान, घाँटी सम्बन्धि उपचार सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले जानकारी दिए । उनका अनुसार उक्त सेवावाट धेरै विरामीहरु लाभान्वित हुने भएका छन् ।

आवासिय चिकित्सकहरुको अस्पतालले स्वागत गरेको छ । त्रिशूली अस्पतालमा सिटि स्कानसहितको विभिन्न शल्यक्रियासहित अनय उपचार सेवासमेत सन्चालन भइरहेका छन् ।

नाक, कान, घाँटी सम्बन्धि उपचार सेवाको वहिरंग उपचार सेवा सुचारु भएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दिए । उनका अनुसार नाक, कान, घाँटी सम्बन्धि विरामीहरुले काठमाडौं जानु पर्ने वाध्यताको अन्त्य भएको छ ।

त्रिशूली अस्पतालमा दैनिक रुपमा नुवाकोट,रसुवा र धादिङका उत्तरी भेगका विरामीहरुको उपचार सेवा हुदै आएको छ । आकस्मिक र वहिरंगतर्फसमेत गरि दैनिक रुपमा पांचसय भन्दा वढी विरामीले विभिन्न उपचार सेवा लिदै आएका छन् ।

 

 


सर्वाधिक रुचाइएको