पर्यटकिय घ्याङस्वारामा चियाखेति
बिदुर–नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रसिद्ध पर्यटकिय घ्याङस्वरामा चिया खेती कार्यक्रम सन्चालन गरिएको छ । उक्त स्थान हावापनी सुहाउंदो रहेका कारण चिया खेतिको निकै सम्भावना रहेको ठहरसहित पञ्चकन्या गापाले विशेष कार्यक्रमा सन्चालन गरेको छ ।

चियाको नर्सरी स्थापनाको लागि आवस्यक भौतिक निर्माण कार्यहरु गरिएको हो । पञ्चकन्या ४ को पर्यटकीय क्षेत्र घ्याङस्वरा पार्कमा सञ्चालन भइरहेको चिया खेती कार्यक्रमलाई थप प्रभावकारी बनाउन चियाको नर्सरी स्थापनाको कार्य सुरु गरिएको अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ ।

राष्ट्रिय रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र पञ्चकन्या गापामार्फत ककनीस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा पुगेर चिया नर्सरीका लागि चियाको डाला पन्चकन्या लगिएको छ । पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठक केसीसहितको प्राविधिक टोलीले ककनी पुगेर नर्सरीका लागि चियाको २१ हजार थान चियाको डाला ल्याएर नर्सरी स्थापनाको तयारी अगाडि बढाइएको गापाले जनाएको छ ।

उक्त चियाको डालोवाट ७० हजार थान चियाको विरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । पन्चकन्याको घ्याङस्वारामा दुई रोपनी जग्गामा चियाको नर्सरी स्थापना भइरहेको छ ।

यसवाट स्थानीय उत्पादनलाई सशक्त बनाउने, रोजगारी सिर्जना गर्ने, र पर्यटनसँगै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने कार्यमा ठूलो टेवा पु¥याउने विश्वास लिइएको रोजगार संयोजक सरोजकुमार खातीक्षेत्रीको भनाई छ । उनका अनुसार चिया खेतिको विकास र प्रवद्र्धनका लागि प्राविधिक मार्गदर्शन, सहयोग उपलब्ध गराउने चिया तथा कफी विकास बोर्डका कार्यालय प्रमुख एकराज सन्जेलले प्रतिवद्धता जनाएका छन् ।

पन्चकन्यामा चियासंगै तरकारी तथा फलफूलका लागि पनि नुवाकोट सफल जिल्लामा रुपमा परिणत हुँदै गएको छ । अहिले विभिन्न स्थानमा वर्खे तरकारी खेति भइरहेका छन् ।














































