मनसुन प्रतिकार्य वेस स्थापना

–खरानीटारमा वस्यो सशस्त्र
लोकखबर
२०८२ श्रावण २१, बुधबार २२:३५

बिदुर–नुवाकोटको खरानीटारमा मनसुन प्रतिकार्य वेश स्थापना भएको छ । यसवाट वर्खामा उद्धार तथा विपद नियन्त्रण तथा न्युनीकरणमा सहज हुनेछ ।

आपत विपदमा परेका आम नागरिकहरुको उद्धार कार्यमा सहजताका लागि पहिलो पटक सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी तादी गापा ३ खरानीटारमा बेश स्थापना गरेको हो । उक्त वेसमा विपद् उद्वार सामग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बला सह प्रबक्ता प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

स्थानीय अमरज्योति माविको भवनमा सशस्त्र वलका प्रहरी नायव निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी टोली तैनाथी अवस्थामा रहेको सशस्त्र प्रहरी १९ नं. गुल्म विदुर नुवाकोटले जनाएको छ । उक्त क्षेत्रमा रहेका स्थानीय तहहरुको समन्यवमा टोलीले विपद नियन्त्रण तथा न्युनीकरणको कार्य गर्ने गुल्म प्रमुख डिएसपि गंगा केसीले जानकारी दिइन् ।
नुुवाकोटको खरानीटारसहित देशका विभिन्न ४१ स्थानमा सशस्त्र प्रहरी बलको मनसुन प्रतिकार्य अस्थायी वेश स्थापना गरिएको छ । नुवाकोटको छिमेकी रसुवाको तातोपानीमा बेश स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने जनाएको छ । आपदविपदमा परेका नागरिकहरुको खोज तथा उद्धार एवं विद नियन्त्रण र न्युनीकरणमा आम सर्वसाधारणको सहयोगको सुरक्षाकर्मीले अपेक्षा गरेको छ ।


सर्वाधिक रुचाइएको