मालपोतमा जग्गाको किनवेच वन्द

– जग्गाको वर्गिकरण गर्न आग्रह
देवचन्द्र भट्ट
२०८२ श्रावण २१, बुधबार २२:४३

बिदुर–नुवाकोटमा जग्गाको किनवेच वन्द भएको छ । जग्गाको वर्गिकरण नभएका कारण कित्ताकाट गरि जग्गाको किनवेच रोकिएको हो ।
भूउपयोग नियमावली अनुसार कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण हुन वाकी रहेका कारण जग्गाको कित्ताकाट गरि विक्री वितरण वन्द भएको मालपोत कार्यालय नुवाकोटले जनाएको छ । स्थानीय तहमार्फत उक्त तहमा रहेका प्रत्येक वडाको कित्ता अनुसार जग्गाको वर्गिकरण हुन वांकी रहेका स्थानीय तहको जग्गाको कित्ताकाट गरि किनवेच रोकिएको मालपोत अधिकृत गोवद्र्धन ढकालले वताए ।

अधिकृत ढकालका अनुसार मालपोत कार्यालयमा यसअघि दैनिक १८/२० वटा जग्गाको कित्ताकाट भएर नामसारी हुने गरेकोमा एक सातादेखि रोकिएको छ । जग्गाको वर्गिकरण भएर आउन वाकी रहेका स्थानीय तहको जग्गाको कित्ताकाट गरेर किनवेच हुन नसकेको अधिकृत ढकालले वताए ।
अधिकृत ढकालले स्थानीय तहहरुले जग्गाको वर्गिकरण गरेर पठाउने म्याद असार मसान्तमै सकिएका कारण नियमावलीका कारण जग्गाको कित्ताकाट गरेर किनवेच हुन नसकेको हो । भूउपयोग नियमावली, २०७९ मा भएको व्यवस्था अनुसार हाल अधिकांश स्थानीय तहको कित्ताकाटको काम रोकिएको छ ।

नुवाकोटको आठ स्थानीय तहहरुलाई छिटो भन्दा छिटो जग्गाको वर्गिकरण गरेर पठाउनु पर्ने भएको छ । पहाडि संरचना रहेको नुवाकोटका चार स्थानीय तहहरु ककनी किस्पाङ, दुप्चेश्वर र तादी गाउंपालिकाको मात्र कित्तागत विवरण सहितको वर्गीकरण भएको र बाँकी आठ स्थानीय तहहरूको कित्तागत विवरण सहितको वर्गीकरण हुन वांकी रहेको अधिकृत गोवद्र्धन ढकालको भनाई छ ।

कित्तागत विवरण सहितको वर्गीकरण हुन वांकी रहेका स्थानीय तहहरुमा विदुर र वेलकोटगढी नगरपालिका, तारकेश्वर, पन्चकन्या, म्यागङ, लिखु, सुर्यगढी र शिवपुरी गाउंपालिका रहेको मालपोत कार्यालय नुवाकोटले जनाएको छ । यि आठ वटा स्थानीय तहमा नियमावली अनुसार जग्गाको कित्ताकाट गरि वेचविखन राकिएको हो ।

कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण सम्पन्न भएका स्थानीय तहहरुको हकमा कित्ताकाट सम्बन्धि कार्य जारी रहेको अधिकृत ढकालले वताए । हालसम्म वर्गिकरणको कार्य सम्पन्न नगरेका स्थानीय तहलाई कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण सम्पन्न गर्न नुवाकोटका आठ स्थानीय तहहरुलार्य मालपोत कार्यालय नुवाकोट पत्र नै काटेर पठाएको छ ।

कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण वांकी रहेका स्थानीय तहका लागि मालपोत कार्यालयबाट समेत अग्रसरता लिई आवश्यक समन्वय र सहजीकरणका लागि वुधवार भुमि वयवस्था, सहारी तथा गरिवी निवारण मन्त्रालयको (सचिवस्तर) निर्णयानुसार पत्र नै काटेर पठाएको छ । मन्त्रालयको निर्णय कार्यान्वयन गराउन वुधवारै भुमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयलाई जग्गाको वर्गिकरण हुन वांकी रहेकाहरुको कित्ताकाट र किनवेच वन्द भएको पत्र पठाएको छ ।

कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण नभएका स्थानीय तहको हकमा जग्गाको कित्ताकाट र किनवेच वन्द भएको हो । यद्यपि, अंशवण्डा, अंश भरपाई, रोक्का फुकुवा र सिंगै कित्ता जग्गा किनवेच हुने अधिकृत गोवद्र्धन ढकालको भनाई छ ।
उनका अनुसार कित्ताकाट भएर विक्री भने रोकिएको छ । स्थानीय तहहरुले वडाहरुको कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरणको कार्य सन्चालनको प्रक्रियामा रहेको जनाएका छन् ।


सर्वाधिक रुचाइएको