प्याव्सन आफ्नै भवनमा

– ७५ लाखको लागतमा वन्यो आधुनिक भवन
लोकखबर
२०८२ श्रावण २२, बिहीबार २२:०४

बिदुर–नुवाकोटको व्यस्त वट्टारवजारमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको भवनबाट निर्माण भएको छ । भवन निर्माणसंगै उक्त भवनवाटै दैनिक कार्य सन्चालन भएको छ ।
विदुर नगरपालिका ४ बट्टार वसपार्कमा तीन तल्ले पक्की भवन निर्माणसँगै विहीवारदेखि औपचारिक रुपमा उक्त भवनबाट कार्यलय सञ्चालन भएको छ । नुवाकोटका ३९ वटा संस्थागत विद्यालयहरुको सहयोगले प्याब्सनले आफ्नो भवन निर्माण गरेको हो ।

तीन तल्ले भवनमा हलसहित आठ कोठे भवन ७५ लाख रुपैयाको लागतमा निर्माण गरिएको हो । भवन निर्माणका लागि नुवाकोटका सवै निजी विद्यालयहरु, स्टेशनरी व्यवसायीहरुको सहयोगमा निर्माण गरिएको प्याव्सन नुवाकोटले जनाएको छ ।
नयाँ भवनमा धार्मिक परम्परा अनुसार पूजापाठ गरेर औपचारिक रुपमा कार्यालय सन्चालन गरिएको छ । सदस्य विद्यालय तथा स्टेशनरी व्यवसायीहरुको सहयोगका कारण भवन निर्माण सम्भव भएको जनाउंदै सहयोग गर्ने सवै क्षेत्रलाई प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकरीले आभार व्यक्त गरे ।

प्याव्सनका पदाधिकारी, सदस्यहरुको लगातारको मिहिनेतका कारण भवन निर्माण सम्भव भएको कारण आगमी दिनमा शैक्षिक विकासका बाँकी काम पूरा गदै जाने प्रतिवद्धता जनाए । नुवाकोटमा मावि तहमा १९ संस्थागत विद्यालय रहेका छन् ।


सर्वाधिक रुचाइएको