अनुदानमा ६ हजार कागतीको वोट

– किसानलाई हस्तान्तरण
लोकखबर
२०८२ श्रावण २५, आईतवार १८:०१

बिदुर– आम सर्वसाधारणको रुचिकर वन्दै गइरहेको कागती खेतिको विस्तारका लागि नुवाकोटको वेलकोटगढी नगरपालिकाले कार्यक्रम सन्चालन गरेको छ । जसअन्र्तगत किसानहरुलाई अनुदानमा कागतीको वोट प्रदान गरिएको छ ।

कृषिमा आत्मनिर्भरता र दीर्घकालीन आम्दानीको स्रोत विस्तार गर्ने उद्देश्यले बेलकोटगढी नपाले किसानलाई अनुदानमा कागतीको बिरुवा वितरण गरेको हो । किसानको माग र तोकिएका मापदण्डअनुसार छनोट गरिएका कृषकलाई सुन कागती जातका बिरुवा हस्तान्तरण गरेको हो ।
नगरका किसानलाई आधुनिक कृषिमा आर्थिक सम्भावना बढाउँदै कफी, खुर्सानीसंगै कागतीलाई व्यावसायिक रूपमा प्रवद्र्घन गर्ने लक्ष्य अनुसार वेलकोटगढ िनपाले उक्त अभियान सन्चालन गरेको हो । मेयर जगतबहादुर गुरुङले आधुनिक कृषिवाट आत्मनिर्भर भई किसानलाई दीर्घकालीन उत्पादनमुखी बन्न आग्रह गरे ।
किसानहरुलाई ६ हजार कागतीको वोट वितरण गरिएको छ । सहकारी र कृषक समूहमार्फत किसानका निवेदनको आधारमा कागतीका वोट वितरण गरिएको हो ।

वेलकोटगढी नपाले किसान, कृषि समूह, सहकारी तथा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको हो ।
नपाले प्रति बिरुवा ३० रुपैयाँमा खरिद गरेको कागतीको वोट किसानलाई १५ रुपैयाँ अनुदानमा उपलब्ध गराएको हो । कागतीको बिरुवा ढुवानी गरेर माग भएका स्थानमा नै पु¥याइएको थियो ।
किसानहरुले कागतकिा विरुवा रोपेर पनि सरिसकेको कृषि शाखाले जनाएको छ । वेलकोटगढी नपााले एभोकाडो खेतीलाईसमेत प्राथमिकता दिएर एभोकाडोको बिरुवा पनि वितरण गरिसेको छ ।


सर्वाधिक रुचाइएको