कुमरीको भत्ता लिने व्यक्ति काठमाडौंमा खोजिदै

– वृद्धवृद्धा तथा अशक्तलाई सुविधा
लोकखबर
२०८२ श्रावण २५, आईतवार १८:०३

बिदुर-वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकाको एउटा वडामा काठमाडौमा सेवाग्राही खोजिरहेको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको सहजताका लागि बेलकोटगढी नपा २ ले सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पहिलो पटक काठमाडौमा शिविर सञ्चालन गरेको छ ।
उक्त वडावाट काठमाडौ छोटो दुरीमा रहेका कारण अस्थायी रुपमा राजधानी काठमाडौमा बसोबास गरिरहेका वृद्धवृद्धा, अशक्त वडाबासीहरुको सहजताका लागि काठमाडौंमा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय अनुसार अनिवार्य रुपमा बायोमेट्रिक प्रणाली(औठा छाप) आवस्यक रहेको छ ।
वडा कार्यालयको पहलमा पहिलो पटक राजधानी काठमाडौको बालाजु बाइसधारास्थित परिवर्तन अभियान नेपालको कार्यालय रहेको भवनबाट सोमवार बिहान ७ बजेदेखि सेवा प्रदान गरिने वडाध्यक्ष रामचन्द्र तिमिल्सनाले जानकारी दिए । वृद्धवृद्धा तथा अशक्त लाभग्राहीहरु वडा कार्यलयसम्म जान असहज हुने भएकाले राजधानीमै शिविर आयोजना गरिएको उनको भनाई छ ।

वडा कार्यलयले बायोमेट्रिकका लागि अनिवार्य रुपमा लाभग्राही स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था भएकाले शिविरमा आफ्नजो् सहजता मिलाई उपस्थित हुन पनि आग्रह गरिएको सचिव राजकुमार परियारको भनाई छ । वडा कार्यालयले नविकरणका लागि अनिवार्य रुपमा आवश्यक पर्ने कागजातहरुमा राष्ट्रिय परिचयपत्रसहित स्वयम् उपस्थित हुनुपर्ने, नागरिकताको सक्कल प्रमाणपत्र, सामाजिक सुरक्षाभत्ता प्रमाणपत्र, एकल महिला वा विधवाको हकमा अविवाहित रहेको वा पुनः विवाह नभएको स्वघोषणा, पतिको मृत्यु दर्ता, अपाड्गता भएका व्यक्तिको हकमा सक्कल परिचयपत्र र प्रतिलिपिका साथै बसाई सराई सरेर आएकाहरुले भने बसाई सराईको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
वडा कार्यालयको उक्त कार्यप्र्रति लाभग्राहीहरु खुशी भएका छन् । सरकारले ७० वर्ष कटेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाड्गता भएका व्यक्ति, दलित बालबालिकाहरुलाई बैंकमार्फत समाजिक सुरक्षा भत्ता उपलव्ध गराउंंदै आएको छ ।

 

 

 


सर्वाधिक रुचाइएको