त्रिशूली नदीद्वारा एकसय मिटर सडक कटान
बिदुर–त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् ।

त्रिदेशिय सडक मार्ग अन्र्तगत विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी सडकको वीचमा त्रिशूली नदीले पक्कि सडक नै कटान गरेपछि वुधवारदेखि आवतजावत नै ठप्प भएको छ । उक्त सडकमार्गको विदुर–वेत्रावति–किस्पाङको वचिमा त्रिशूली नदीले एकसय मिटर पक्कि सडक नै कटान गरेको छ ।

उक्त स्थानमा सडक कटान भएपछि त्रिदेशीय सडकमार्ग अवरुद्ध हुंदा रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिवजार जाने वाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका वस्ती तथा उत्तरगया गाउंपालिका कार्यालयसमेत प्रभावित हुन पुगेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रसुवाका प्रजिअ अर्जुन पौडेललगायका सुरक्षाकर्मीसहित उत्तरगया गापाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा वुधवार वसेको आकस्मिक वैठकले तत्काल सडकको मर्मत तथा पुर्ननिर्माण गरि यातायात सुचारु गर्नुपर्ने र नदीवाट थप कटान हुनवाट रोक्नु पर्ने निर्णय गरेको छ । कटान र जोखिम नियन्त्रण गर्न जाली भरेर तटवन्ध निर्माण गरिने निर्णय भएको छ ।

छिमेकी चीनको तिव्वतस्थित लेन्देखोला हुदै त्रिशूली नदीमा आएको अकल्पनिय वाढीले गत असार २४ र यहि साउन १४ गते नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति गरेको थियो । उत्तरगया गापा ५ नौबिसेमा बस्तीनै जोखिम परेको छ ।

बेत्रावती पेट्रोल पम्प नजिकै त्रिशूल िनदीले कटान गर्दै गरेको ठुलो क्षतिको सम्वन्धमा सरोकारवाला पक्ष वीच पुर्ननिर्माण गर्ने निर्णय भएको छ । गल्छी–विदुर–बेत्रावती–मैलुङ सडक खण्डमा कटान हुदा स्थानीय नौबिसे तथा खाल्टे क्षेत्र उच्च जोखिममा परेको स्थानीयवासी दिलकृष्ण श्रेष्ठको भनाई छ ।

त्रिशूलीले गरेको कटानले बेत्रावती पेट्रोल पम्प आसपास, नुवाकोटको किस्पाङफेदी, वेत्रावति–मैलुङ सडक खण्ड, नौबिसे क्षेत्र उच्च जोखिममा परेको कारण स्थानीयवासीहरु नित्रै त्रसित भएका छन् । वर्षामा पानी परेसँगै त्रासले दिनरात उनीहरूमा कतिखेर बाढीले लाने पो हो की भन्ने पीडामा बस्न बाध्य छन् ।

यसैवीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी मात्रामा बर्षा भइरहेको कारण सचेत हुन सर्वसाधारणमा अपिल जारी रहेको छ । वर्षात्मा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

लगातारको बर्षातका कारण बाढी पहिरो, भुक्षयसहित जोखिमयुक्त नदी, खोला, खोल्सा, नाला क्षेत्र वरपरका सर्वसाधारणले आवश्यक सतर्कता अपनाउनका लागि नुवाकोट प्रशासनले आग्रह गरेको छ । प्रशासनले यात्रा गर्दा समेत मौसम सम्बन्धि पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र रातको समयमा सकेसम्म यात्रा नगर्न पनि आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

जल तथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मा वर्षात्को सम्भावना रहेको जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरलगायत विभिन्न स्थानमा वुधवार बिहानैदेखि वर्षात भइरहेको छ ।
















































