काम गर्न हिडेकी महिला वेपत्ता
–खोजीका लागि परिवारजनको अनुरोध
बिदुर–नुवाकोटको ककनीकी एक महिला दुई दिनदेखि वेखवर भएकी छन् । उनको खोजीका लागि परिवारजनले आग्रह गरेका छन् ।

ककनी गाउँपालिका–८, सिम्ले, नुवाकोट माइत भई हाल काठमाडौंको नारायणस्थान वस्दै आएकी २९ वर्षिया ललीता सेन्चुरी मंगलवारदेखि हराइरहेकी हुन् । काम गर्न भनेर निस्किएकी ललीतासंग टेलिफोनलगायत कुनै माध्यमवाट पनि सम्पर्क हुन नसकेके उनकी दिदी पारु सेन्चुरीले वताइन् ।
उनलाई कसैले देखेमा प्रहरी वा परिवारजनलाई सम्पर्क गरिदिनसमेत पारुले आम सर्वसाधारणमा अनुरोध गरेकी छन् । प्रहरीलाई पनि जानकारी गराइएको उनको भनाई छ ।











































