रास्वपा संगठन विस्तार गर्दै

–वडा अधिवेसनमा केन्द्रीत
लोकखबर
२०८२ श्रावण ३१, शनिबार २३:०६

बिदुर–प्रतिपक्षि दल राष्ट्रिय स्वतन्त्र पार्टिले नुवाकोटमा संगठन विस्तार गरिरहेको छ । वडा तथा पालिकास्तरमा तदर्थ समिति गठन गरिसकेको सो दलले वडा अधिवेसन सुरु गरेको छ ।
जसअन्र्तगत शनिवार बेलकोटगढी नगरपालिका ३ नं. वडाको अधिवेशन सम्पन्न भएको छ । आगामी कार्यकालका लागि सन्दीप मुडवरीको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरिएको रास्वपा नुवाकोटले जनाएको छ ।

अधिवेसनले उप सभापतिमा लीला ढुंगेल, सचिवमा सुजन पुडासैनी तथा सदस्यहरुमा सुरेश सुवेदी, डिल्ली पुडासैनी, रोहित चौधरी, ठाकुर सुवेदी, रविना पुडासैनी भुजेल र विराज मुडबरीलाई चयन गरेको छ । अधिवेसन उद्घाटन कार्यक्रममा रास्वपा महाधिवेसन प्रतिनिधि सुमन पाण्डे, जिल्ला कोषाध्यक्ष जानुका सापकोटा खतिवडा, वेलकोटगढ िनगर समितिका सभापति मनोहर पन्तलगायतले मन्तव्य राखेका थिए ।


सर्वाधिक रुचाइएको