साउनको अन्तिम शनिवार दुप्चेश्वरमा हजारौं भक्तजन

– डेढ लाख भेटी संकलन, सात हजार भक्तजन
देवचन्द्र भट्ट
२०८२ श्रावण ३१, शनिबार २३:५०

बिदुर-देवताहरुको पनि देवता भगवान शिवको विशेष पुजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिइने गरिन्छ । विशेष गरि साउन महिनामा व्रत वसेर भगवान शिवको महिमा गाउनुका साथै विशेष भक्ति दर्शन गर्ने परम्परा चलिआएको छ ।

नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा साउनको अन्तिम अर्थात् पांचौ शनिवार हजारौं भक्तजनहरुले पुजापाठ तथा दर्शन गरेका छन् । प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ ।

दुप्चेश्वर धाममा दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैयो भेटी चढाउंदै आएका छन् ।
उक्त स्थानमा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।
दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत र्तार्थालु आउने गरेका छन् । दुप्चेश्वरमा साउनको अन्तिम अर्थात् पांचौ शनिबार एकलाख ४६ हजार एकसय ७५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
 उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको ६४ हजार दुईसय २० रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वर धाममा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए । दुप्चेश्वर धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरु मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रुपमा विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।
प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भइरहेको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको स्थानीयवासी तथा पुजा आरती समितिका सदस्य रमेशप्रसाद आचार्यको भनाई छ ।
पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् ।
सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा साउनको अन्तिम शनिवार मात्र एकैदिन सातहजार भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् ।
दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको लाइन वेलुकीसम्म नै लागेको थियो । दुप्चेश्वरमा शनिवार भक्तजनहरुले चढाएको झण्डै सांढे एकलाख रुपैया भेटि संकलन भएको छ ।
भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।  यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् । दुप्चेश्वरमा शनिवार मात्रै सातहजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् ।
जसमध्ये ६० प्रतिशत महिला रहेका थिए । सात घण्टासम्म मन्दिर दर्शन गर्नका लागि भक्तजनहरु लाइन लागेको  थियो ।
दुप्चेश्वरमा आएकाहरुलाई पुजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमा सम्पर्क गरी वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणकोे व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन् भन्ने उद्धेश्य रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ ।
दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमासमेत पुग्ने गरेका छन् । हिन्दु र वौद्धमार्गीहरु दुप्चेश्वर  धाम पुग्दै आएका छन् ।


सर्वाधिक रुचाइएको