आचार्यको निर्देशनमा नयां तीज गीत
बिदुर–संगीतकार विपीन आचार्यद्वारा निर्देशित तीजको नयां गीत सार्वजनिक भएको छ । दुई दशकदेखि संगीत साधनामा लागेका आचार्यले आफ्नै शव्द, संगीत र निर्देशनमा यस वर्षको नयां तीज गति वजारमा ल्याएका हुन् ।
आचार्यको नयाँ तिजको गीत ‘चाँदी काटी रैया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एन्जिला गौचन र हेमा पुनमगरको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो माण्डबी त्रिपाठीको युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको उक्त तीज गीत ‘चाँदी काटी रैया’मा गायिका एन्जिला र हेमाको सुमधुर आवाजसहित अभिनयसमेत रहेको छ । एल्बमको कोरियाग्राफी सुजता थापामगरको रहेको छ भने एएसएसटी कोरियाग्राफी प्रभु श्रेष्ठको रहेको छ ।
उक्त म्युजिक भिडियोमा एलिजा गौचन, सुजिता क्षेत्री र संञ्जु चौधरी लगायतको नृत्य रहेको छ । म्यूजिक भिडियो छायांकन बिजय रुम्बाले गरेका हुन् ।

दाङको तुलसीपुर स्थायी घर भएका संगीतकार आचार्यले एकहजार भन्दा वढि गीतमा संगीत भरिसकेका छन् । उनले ६० भम्दा वढि म्युजिक भिडियोको निर्देशनसमेत गरिसकेका छन् ।
आचार्यले हालसम्म नेपाली, लोकदोहोरी, तामाङ, गुरुङ, नेवारी, टप्पा, कुमाउनी, भोजपुरी, थारु, हिन्दी,भोजपुरी गीतमा संगीत भरिसकेका छन् । काठमाडौको वालाजुमा वस्दै कपुरधारामा आफ्नै रेकर्डिङ स्टुडियो रहेको आचार्य निकै व्यस्त हुने गरेका छन् ।

यसका साथै आचार्यले कौडा, देउडा, सिंगारु, पैसेरु, फिल्मी, आधुनिक, लोकगीत, झ्याउरे, मारुनीलगायतका गीतमा पनि संगीत गरिसकेका छन् । उनको शव्द, संगीत तथा निर्देशक रहेको पछिल्लो तीज गीतमा मुस्ताङका दुई गायिकाहरु एन्जिला गौचन र हेमा पुनमगरले ‘चाँदी काटी रैया’ भन्दै आवाज दिएका हुन् ।
श्रोताले रुचाइरहेका छन् । उक्त गीतमा ‘यो तीजैमा दिल खोलेर नाच्न भनी आईछेउ, शिरदेखि पाहुसम्म सुनैसुन लाईछेउ, मर्काईदेउ कम्मर, चाँदी काटी रैया’ बोलको म्यूजिक भिडियो एल्मबमा समेटिएको छ ।

हिमाली मुस्ताङको थासाङस्थित घाँसामा जन्मिएकी एन्जिला र थासाङको धम्पुमा हुर्किएकी हेमाले उक्त गीतमा सहकार्य गरेका हुन् । दुई दशक अघिदेखि गीतसंगितमा समर्पित मुस्ताङकी चेली एन्जिला गौचनले थुप्रै म्युजिक भिडियो र थकाली गीतहरुमा शब्द र स्वर भरेकी छिन् ।
ए स्टोरी म्यूजिक एल्बम मार्फत संगित क्षेत्रमा डेभ्यु गरेकी एन्जिलाले सन् २००१ मा ‘एल्बम एन्जिला’ सार्वजनिक गरेकी थिईन् । थकाली समुदायको भाषा र संस्कृतिको उत्थानका लागि गीत संगित क्षेत्रमा सक्रिय रहेकी एन्जिलाले पहिलो पटक छमछमी नचाउने तीज गीतमा स्वर दिएकी हुन् ।

एन्जिलालाई उक्त गीतमा थासाङकीे हेमा पुनगरले साथ दिएकी हुन् । गीत संगीतमा निकै अभिरुची राख्ने हेमाले पहिलो पटक म्यूजिक भिडियोमा एन्जिलासंग सहकार्य गरि आफ्नो आवाज भरेकी हुन् ।












































