बांदरको आक्रमणवाट किसानको ज्यान गयो
– अस्पताल लैजादै गर्दा वाटोमा मृत्यु
बिदुर–नुवाकोटको कविलासका एक जना किसानको वांदरको आक्रमणवाट ज्यान गएको छ । अस्पताल लेजादै गर्दा वाटोमै ज्यान गएको हो ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको पन्चकन्या गाउंपालिका २ कविलास कोटथोकका ५८ वर्षिय गोकर्ण नेपालीको वुधवार विहान वांदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले वताए । आफ्नै घरवारीमा वांदर धपाउने क्रममा वांदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौ लैजादै गर्दा वाटोमै ज्यान गएको पन्चकन्या २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मकै खान लागेको वांदरलाई एक्लै धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका वांदरको फौजले नेपालीलाई एक्कासी आक्रमण गर्दा उनी अचेत हुन पुगेका थिए । वढ्दो शहरीकरणसंगै गाउंका मानिसहरु शहरवजार तथा काठमाडौ केन्द्रीत भइरहेका छन् भने वांदरको संख्या वढिरहेको कारण वाली जोगाउन गाउंमा भएकाहरुलाई समस्या परिरहेको स्थानीयवासी वताउंछन् ।










































