कृषकसंग नगरका जनप्रतिनिधि कार्यक्रम

– रासायनिक मल तथा उपकरणको माग
लोकखबर
२०८२ भाद्र ५, बिहीबार १८:५८

बिदुर–नुवाकोटको विदुर नगरपालिकामा पहिलो पटक कृषकसंग जनप्रतिनिधि कार्यक्रम सन्चालन गरिएको छ । जनप्रतिनिधिसंग किसानहरुले विभिन्न समस्याका कारण आधुनिक खेति प्रणाली अवलम्वन गर्न नसकिएको वताए ।

विदुर नपा  ८ को आयोजनामा विहीवार थुम्कामा ’कृषकसंग जनप्रतिनधि’ साक्षात्कार कार्यक्रम गरिएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, वडाध्यक्ष कमल श्रेष्ठलगायतका जनप्रतिनिधिसंग किसानहरुले कृषि क्षेत्रमा विद्यमान समस्या र समाधानका लागि उचित कार्य गर्न माग गरे ।

कार्यक्रममा विदुर नपामार्फत प्रवाह भइरहेको कृषि विकास र पशु सेवासंग सम्बन्धित विषयमा किसानहरुसंग अन्र्तक्रिया गरिएको हो । किसानहरुले रासायनिक मलको अभाव, कृषि उपकरण तथा किटनासक औषधिको अर्पायाप्तता, कृषि तथा पशु प्राविधिकको माग गरेका छन् ।

उक्त वडामा किसानहरुले दुई सय वोरा रासायनिक मलको सधै अभाव हुने गरेको गुनासो गरेका छन् । कृषि तथा पशुपालनतर्फ विभिनन समस्या र उपकरणको अभाव हुदा यसलाई निरनतरता दिन नसकिएको किसानहरुले खुलासा गरेका छन् ।

विदुर नपाका तर्फवाट किसानका समस्या समाधानका लागि उचित कार्य सुरु गरिने मेयर राजन श्रेष्ठले प्रतिवद्धता जनाए । उनले अर्गानिक खेति प्रणाली हरियो तरकारीजन्य उत्पादन वढाउन सुझाव दिए ।

उपमेयर प्रभा बोगटीले आधुनिक खेति प्रविधिमार्फत अर्गानिक उत्पादनमा केन्द्रीत हुन किसानहरुलाई सुझाव दिइन् । कार्यक्रममा पशु विकास कार्यालयका पशु विकास अधिकृत भरत पाण्डे, अन्य जनप्रतिनिधिहरु, विषयगत शाखाका कर्मचारीहरु, विभिन्न कृषि सहकारी, कृषि समूह, कृषि फर्म, किसान सर्वसाधारणको सहभागिता रहेको थियो ।

स्थानीय किसान र जनप्रतिनिधिवीच विशेष अन्र्तक्रिया सम्पन्न भएको हो । कार्यक्रममा किसानका गुनासै गुनासोलाई स्थानीय जनप्रतिनिधिको ध्यानाकर्षण भएको र समाधानको वाटो पहिल्याउने प्रतिवद्धता भएको वडासदस्य श्रीकृष्ण रिजालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको