बिद्यान महाधिवेसनका लागि सुझाव संकलन
बिदुर–नेकपा (एमाले) का स्थायी कमिटि सदस्य तथा वागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराइले एमालेलाई घेरावन्दी गर्ने खेल सुरु भएको वताए । उनले आन्तरिक र वाह्य घेरावन्दीकावचि एमाले अगाडि वढिरहेको उनले वताए ।

नुवाकोटको विदुरमा आइतवार एमाले नुवाकोटको चौथो पुर्ण वैठकको उद्घाटन गर्दै प्रमुख अतिथी डा. भट्टराइले अहिलेको राष्ट्रिय राजनीतिमा एमालेप्रति भएको आन्तरिक तथा वाह्य घेरावन्दीका वावजुद यसलाई चिरेर अगाडि वढ्नुको विकल्प नभएको वताए । उनले एमालेको नेतृत्वमा रहेको सरकारले जनपक्षिय कार्य गरिहेको नरुचाउनेहरुले अनेक प्रपन्च गरिरहेको वताउंदै यसले सरकार र एमालेलाई केहि फरक नपर्ने वताए ।

डा. भट्टराइले पुर्व राष्ट्रपति पार्टीमा आउनु पदकै गरिमा चुकाउनु भएको वताए । उनले राष्ट्रपति भइसकेको सम्मानित व्यक्ति संविधानत उच्च तहका प्रधानमन्त्रि, प्रधान सेनापतिलगायतलाई सपथ खुवाइसकेको उच्च पदस्थ व्यक्ति पुनः राजनीतिमा फर्केर संविधानको भावना र मर्म विपरित कार्य हुने वताए ।

भट्टराइले राष्ट्रपति संवैधानिक अंगको उच्च तहमा रहेको हुनाले राष्ट्र र राष्ट्रियता र संविधान अनुसार पुनः राजनीतिमा फर्कन नहुने वताए । उनले आवस्यकता अनुसार नै पार्टीमा उमेर हद हटाइएको वताए ।

पार्टीलाई वचाउन र एकढिक्का वनाउन पार्टीको आगामी ११ औं महाधिवेसनमा केपी शर्माओलीको विकल्प नरहेको डा. भट्टराइले वताए । ओलीको नेतृत्वमा रहेको दलले आगामी निर्वाचनमा वहुमत ल्याउने भएका कारण दललाई क्रियाहील वनाएर अगाडि वढ्नसमेत डा. भट्टराइले नुवाकोटका नेता कार्यकर्तालाई आग्रह गरे ।

एमाले केन्द्रीय सदस्य नुवाकोट इन्चार्ज तथा वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रि केशवराज पाण्डेले टोल, वडा, पालिका, क्षेत्र तथा जिल्लास्तरका कार्यकर्ताको सुझाव र जनभावना अनुसार पार्टी क्रियाशील भएको दावी गरे । उनले एमालेको जनस्तरमा रहेको मजवुत संगठन देखेर अत्तालिएकाहरुले पार्टीलाई घेरावन्दी गर्न खोजेको वताए ।

अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाले एमालेले उठाएको जनपक्षिय मुद्धा र अहिलेको परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरुले एमाले, सरकार र नेतृत्वको विरोध गरिरहेको र त्यो वेकार रहेको वताइन् । उनले अनेक घेरावन्दी र षडयन्त्रवीच पनि एमाले नेतृत्वको वर्तमान गठवन्धन सरकारले वितेको एक वर्षमा पहिलेको तुलनमा निकै र महत्वपुर्ण काम गरेको दावी गरिन् ।

एमालेको आसन्न बिद्यान महाधिवेशनमा जिल्लाबाट समेट्नुपर्ने सुझाबको बिषयमा छलफलसहित सुझाबहरू संकलन भएका छन् । संकलित सुझावहरु बागमती प्रदेश कमिटी संगठन बिभाग, केन्द्रीय संगठन बिभाग र बिद्यान महाधिवेशन संसोधन समितिमा पठाउने निर्णय गरिएको अध्यक्ष वद्री मैनालीले वताए ।

संकलित सुझावहरु यहि भदौ १० गते मंगलवानरसम्म संकलन गरेर पठाउने तयारी रहेको सचिवालय सदस्य दीपक कार्कीले वताए । यहि भदौ २० देखि २२ गतेसम्म आयोजित विद्यान महाधिवेसनमा नुुवाकोटवाट १९ जना प्रतिनिधि सहभागी हुन पाउने भएका छन् ।

जिल्ला कमिटिका सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, पालिका कमिटिका अध्यक्षहरु र लेखा कमिटिका अध्यक्ष, सदस्यहरुले दोस्रो विधान महाअधिवेशनमा विद्यान संसोधन, राय सुझाव सम्बन्धमा आआफ्ना धारणा तथा सुझावहरु राखेको एमाले जिल्ला कमिटि सचिव शिवकुमार चित्रकारले जानकारी दिए ।














































