अशक्तलाई ह्विलचेयर प्रदान
बिदुर–अशक्तको लागि हिडडुलमा सहजताका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको कल्याणपुरका एक शारिरीक अशक्त व्यक्तिलाई ह्विलचेयर प्रदान गरिएको छ । यसपवाट अशक्तलाई आवतजावतका लागि सुविधा पुगेको छ ।
विदुर नगरपालिकाले सहायता कार्यक्रम अन्र्तगत शारिरिक रुपमा पूर्ण अशक्त रहेका विदुर नपा–१३ कल्याणपुरका कर्णबहादुर तामाङका लागी एक थान ह्विलचेयर प्रदान गरेको हो । शारिरिक रुपमा अशक्त भएर हिडडुल गर्न गाह्रो भएका तामाङलाई ह्विलचेयर पाएपछि सहज भएको छ ।

विदुर नपाका मेयर राजन श्रेष्ठले तामाङ विदुर आउन नसकेपछि विदुर १३ का वडाध्यक्ष भरत तामाङमार्फत उक्त ह्विलचेयर हस्तान्तरण गरि पठाएका हुन् । मेयर श्रेष्ठले विदुर नगरबासीलाई आफ्नो घर आवास क्षेत्रमा आवतजावत गर्न सहज बनाउनका लागी विदुर नपाबाट सामाजिक सहयोग हुदै आइरहेको र अनयलाईसमेत प्रदान गरिने वताए ।
विदुर नपाले शारिरिक रुपमा अशक्त विशेष गरेर ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक ह्वीलचियर तथा अन्य सहायता सामग्री उपलब्ध गराइदै आइरहेको मेयर श्रेष्ठको भनाई छ ।











































