वैंकद्वारा ग्राहकलाई उपहार
– पहिलो आएका महिला ग्राहकलाई सरप्राइज गिफ्ट
बिदुर–नेपाली महिलाहरुको महत्वपुर्ण पर्व तीजको अवसरमा नुवाकोटमा एक वैंकले आफ्ना ग्राहकहरलाई उपहार प्रदान गरेको छ । प्रभु वैंकले वैंकमा मंगलवार आएका पहिलो महिला ग्राहकलाई विभिन्न तीजका सामग्रीहरुसहितको उपहार प्रदान गरेको हो ।

प्रभु वैंकको वट्टार, महादेवफांट, टिमुरे, स्याफ्रुवेशी, लाङटाङ शाखाले तीजको अवसरमा वैंकमा सेवा लिन आएका पहिलो महिला ग्राहकहरुलाई एक/एक सेट तीजका सामग्रीहरु हस्तान्तरण गरेको हो । वैंकमा सेवा लिन आएका पहिलो तीन जना महिला ग्राहकहरुलाई तीजका सामग्रीहरुसहितको सरप्राइज उपहार हस्तान्तरण गरिएको प्रभु वैंक वट्टारका प्रमुख सुवर्णराज कणेलले जानकारी दिए ।












































