अशक्तहरुलाई ह्विलचेयर हस्तान्तरण

– सहायक सामग्री निःशुल्क प्रदान
लोकखबर
२०८२ भाद्र १०, मंगलवार १६:३५

बिदुर–शारिरिक रुपमा अशक्त भएर हिडडुल गर्न गाह्रो भएकाहरुलाई विदुर नगरपालिकाले सहायक सामग्रीहरु प्रदान गरेको छ । यसवाट अक्तहरुलाई आफ्नो घर आवास क्षेत्रमा आवतजावत गर्न सहज भएको छ ।
विदुर नगरपालिकाबाट सहयोग स्वरुप उपलब्ध गराउदै आइरहेको सहायता सामग्री सहयोग कार्यक्रम अन्र्तगत शारिरिक रुपमा पूर्ण अशक्त भएकाहरुलाई निरन्तर उक्त सामग्री हस्तान्तरण गरिदै आएको जनाइएको छ । जसअनर्तगत विदुर नपा –९ का गौरव रानामगर, हुमादेवी नगरकोटी र रामकृष्ण भण्डारीको लागी एक/एक थान ह्वीलचियर प्रदान गरिएको छ । विदुर नपामा उक्त सामग्री अत्यावश्यक कारण उनीहरुबाट प्राप्त किटानी निवेदनको अनुसार सहायक सामग्री प्रदान गरिएको हो ।

उक्त सामग्री विदुर नपाका मेयर राजन श्रेष्ठले विदुर ९ का वडाअध्यक्ष हरेराम भण्डारीमार्फत तीनै जनालाई एक÷एक थान ह्वीलचियर हस्तान्तरण गरे । शारिरिक रुपमा अशक्त रहेका विदुर नगरबासीहरु विशेष गरेर ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर उनीहरुको लागी आवश्यक ह्वीलचियर तथा अन्य सहायता सामग्री उपलब्ध गराउदै आइरहेकाले अत्यावश्यक रहेका अशक्त व्यक्तिहरुलाई निरन्तर प्रदान गरिने मेयर श्रेष्ठले वताए ।


सर्वाधिक रुचाइएको