घट्यो डिजेल र मट्टितेलको मुल्य

– पेट्रोल र एलपी ग्यासको यथावत
लोकखबर
२०८२ भाद्र १५, आईतवार २३:१७

बिदुर–नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ । पेट्रोलको मुल्य यथावत छ ।

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाएको आइतवार जारी विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्य घटाएको हो ।

निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्ट मूल्य कायम गरिएको निगमले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको