पुस्तकालय दिवस मनाइयो
बिदुर–पठन संस्कृतिको विकासका लागि नुवाकोटको विभिन्न स्थानमा पुस्तकालय दिवस मनाइएको छ । १८ औ राष्ट्रिय पुस्तकालय दिवस नुवाकोटको विभिन्न स्थानका पुस्तकालयमा शैक्षिक गतिविधि र अन्र्तक्रियासहित मनाइएको हो ।

हाम्रो पुस्तकालयःहाम्रो भविष्य भन्ने मुल नाराका साथ जय विद्यालय पुस्तकालय अभियानका साथ विभिनन विद्यालयमा रहेका पुरस्तकालयहरुमा दिवस मनाइएको हो । किस्पाङ र दुप्चेश्वर गाउँपालिकाका ५९ विद्यालयमा स्थापना गरिएका पुस्तकालयमा दिवस मनाइएको हो ।

कार्यक्रम अन्र्तगत ति पुरस्तकालयहरुमा विभिन्न बाल साहित्यका पुस्तक वाचन, अन्र्तक्रिया तथा साक्षरता, सिप विकासका खेल खेलि दिवस मनाइएको आयोजकले जनाएको छ । हिमाली संरचना रहेको नुवाकोटमा सन् २०१७ देखी रुम टु रिडको आर्थिक तथा प्राबिधिक सहयोगमा रुडेक नेपालले विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गर्दै आएको अध्यक्ष मीनकुमार केसीको भनाई छ ।

















































