भलबाढीसहितको खोल्साले वगाउंदा वालिकाको ज्यान गयो

– तीन विद्यार्थी घाइते
लोकखबर
२०८२ भाद्र १८, बुधबार २०:०२

बिदुर–विद्यालयवाट घर फर्कने क्रममा भलवाढीले वगाउंदा नुवाकोटको चिलाउनेगाउमा एक स्कुले छात्राको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

तादी गाउँपालिका २ चिलाउनेगाउँ स्थित चिलाउने आधारभुत बिद्यालयबाट वुधवार वेलुकी घर फर्कने क्रममा स्थानीय चिलाउने खोल्सामा आएको भलवाढीले वगाएर सोही स्थानकी एक वालिकाको ज्यान गएको वडाध्यक्ष वच्चुराम तामाङले जानकारी दिए । उनका अनुसार उनीसंगै घर जांदै गरेका चार जनालाई खोलाले वगाएकोमा कक्षा १ मा अध्ययनरत ६ वर्षिय सुशीकला तामाङको घटनास्थलमै ज्यान गएको हो ।

सुशीकलासंगै वगाएकाहरु सोही स्थान घर भई कक्षा १ मा अध्ययनरत सुष्मा तामाङ, २ मा अध्ययनरत सात वर्षिया ज्योति तामाङ र जोयश तामाङ घाइते भएका छन् । घाइते तीनै जनालाई उद्धार गरि स्थानीय चिलाउने प्राथमिक स्वास्थय केन्द्रमा उपचार गरिएको स्थानीयवासी प्रदीप शर्माकट्टेलले जानकारी दिए ।
उनीहरुलाई वुधवार वेलुकी विद्यालयवाट घर फर्कदै गर्दा अविरल वर्षात्संगै आएको भलवाढीले कल्भर्टवाट वगाएको शर्माकट्टेलले वताए । घाइते बालिकाहरुको अवस्था सुधार भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाले चिलाउनेगाउं शोकमा परेको छ । वर्षातको समयमा वालवालिकाहरुलाई अभिभावकको साथ लगाएर मात्र आवतजावत गर्न प्रशासनले आग्रह गरेको छ ।

 

 


सर्वाधिक रुचाइएको