८२ वर्षिय वृद्ध मृत भेटिए
– छुट्टै घरमा मृत भेटिए
बिदुर–नुवाकोटको सुन्दरवजारमा एक वयोवृद्ध मृत भेटिएका छन् । परिवारसहित वस्दै आएका वृद्ध छुट्टै घरमा मृत भेटिएका हुन् ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दुरी पुर्वमा रहेको बेलकोटगढी नगरपालिका–१० सुन्दरबजार ओलीटोलका ८२ वर्षिय रामप्रसाद ओली आफ्नै पुरानो घरमा मृत अवस्थामा भेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पत्नी, तीन छोरा, वुहारी, नाति नातिनासमेत रहेका वयोवृद्धले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वृद्ध ओली घरको फलामको पर्लिङमा नाम्लोको बरियोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले शवको घटनास्थल मुचुल्कासहित घटनाको आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । शवको पोष्टमार्टम भई परिवारले अन्तिम संस्कार गरेका छन् ।











































