मृतक वालिकाकी परिवारलाई सहयोग

– किरियाखर्च प्रदान
लोकखबर
२०८२ भाद्र १९, बिहीबार २०:४५

बिदुर–विद्यालयवाट घर फर्कने क्रममा भलवाढीले वगाउंदा नुवाकोटको चिलाउनेगाउमा ज्यान गुमाएकी एक स्कुले छात्राको परिवारलाई आर्थिक सहयोग उपलवध भएको छ । एकैपटक भएको घटनामा तीन जना घाइते भएका थिए ।

तादी गाउँपालिका २ चिलाउनेगाउँ स्थित चिलाउने आधारभुत बिद्यालयबाट वुधवार वेलुकी घर फर्कने क्रममा स्थानीय चिलाउने खोल्सामा आएको भलवाढीले वगाएर सोही स्थानकी कक्षा १ मा अध्ययनरत ६ वर्षिय सुशीकला तामाङको घटनास्थलमै ज्यान गएको थियोे । उनको परिवारजनलाई भेटेर विहीवार किरियाखर्च प्रदान गरिएको हो ।

प्राकृतिक प्रकोप तथा विपद्जन्य घटना व्यवस्थापन समूह नुवाकोटको तर्फबाट मृतक वालिकाको परिवारलाई किरियाखर्च वापत १० हजार रुपैया हस्तान्तरण गरिएको संयोजक तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले वताए । केसीसहितको टोलीले घाइते अन्य तीन जना वालवालिकालाईसमेत प्रत्यक्ष भेटेको छ ।

वर्षातको समयमा गाउँघरका खोला, खोल्सा, कुलो, नहर, खहरेहरुमा वालवालिकाहरुलाई नछा्ड्नुका साथै भविष्यमा यस प्रकारका दुर्घटना दोहोरिन नदिने उपायहरु अवलम्वन गरि सुरक्षित समाज निर्माणको लागि टोलीले आव्हान गरेको छ । वुधवार स्थानीय विद्यालयवाट घर फर्कदै गरेकाहरु सुशीकलासंगै वगाएकाहरु सोही स्थान घर भई कक्षा १ मा अध्ययनरत सुष्मा तामाङ, २ मा अध्ययनरत सात वर्षिया ज्योति तामाङ र जोयश तामाङ घाइते भएकोमा उपचारपछि घर फर्किएका छन् ।


सर्वाधिक रुचाइएको