बाघखोरका विद्यार्थी वेपत्ता

– खोजीका लागि सवै पक्षसंग अपिल
लोकखबर
२०८२ भाद्र २०, शुक्रबार २३:२८

बिदुर–नुवाकोटको बेलकोटगढी नगरपालिका बाघखोर घर भएका एक विद्यार्थी काठमाडौबाट वेपत्ता भएका छन् । उनको खोजीमा परिवारजनले याचना गरेका छन् ।

बेलकोटगढीस्थित बाखाखोर घर भई काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारस्थिते शुभकामना बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय अमृत तामाङ विहीवार विहानदेखि वेखवर रहेका छन् । उनका पिता हर्कवहादुर तामाङले आफ्नो छोराको खोजीका लागि सवै पक्षसंग अपिल गरेका छन् ।
अमृत बिहीबार बिहान कोठाबाट निस्किएको र घर नआएको भन्दै उनका बाबुले खोजीका लागि अपिल गरेका हुन् । उनले आफ्नो छोराको खोजीमा सक्रिय रहने भन्दै छोराको फोटो समेत सार्वजनिक गरेका छन् । उनले कोही कसैले अमृतलाई देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय, सरोकारवाला निकाय वा वास्तविकतासहित जानकारी दिन अपिलमा अनुरोध गरेका छन् ।


सर्वाधिक रुचाइएको