मुरली हराए मुम्वईवाट
–खोजीमा परिवारजनको अपिल
बिदुर- नुवाकोटको तारुकाका एक युवक दुई सातादेखि हराइरहेका छन् । उनको खोजीमा परिवारजनले अपिल गरेका छन् ।
तारकेश्वोर गाउंपालिका २ का युवक मुरली सार्की यहि भदौ २० गते शुक्रवारदेखि मुम्वइवाट वेपत्ता भएको स्थानीयवासी तथा पुर्व जनप्रतिनिधि समरवहादुर आलेमगरले जानकारी दिए । उनी रोजगारीको लागि यहि भदौ १७ गते घरबाट भारत गएकोमा भारतको मुम्वई पुगेपछि भदौ २० गते अर्थात् सेप्टेम्बर ५ तारिखको दिनदेखि हराइरहेको आलेमगरको भनाई छ ।

मुरली मुम्बईको काला चौकीभन्ने ठाउँबाट वेलुकीको खाना खाई सकेपछि करिब राती १० बजेतिर कोठाबाट निस्केर हिडेको जनाइएको छ । उनी हालसम्म फेला नपरेको कारण खोजी र पहिचानका लागि परिवारजनले आग्रह गरेका छन् ।











































