क्यान्सर पीडित वालकलाई विमा रकम प्रदान
– उपचारमा सहजता

बिदुर – दुई वर्षदेखि रक्त क्यान्सरको उपचार गराइरहेका नुवाकोटका एक वालकलाई वट्टारस्थित एक वैंकले विमा वापतको रकम प्रदान गरेको छ । यसवाट वालकको उपचारमा सहजता आएको छ ।
विदुर नगरपालिका ४ वट्टारवजार घर भएका ११ वर्षिय वालक गगन श्रेष्ठ दुई वर्षदेखि रक्त क्यान्सरको विरामी भई उपचार गराइरहेका छन् । उनलाई विहीवार एनआइसी एशिया वैंकले विमा वापतको रकम प्रदान गरेको हो ।

विरामी वालकका पिता गणेश श्रेष्ठलाई विमा वापत आएको १० लाख रुपैयाको चेक वैंकको उपक्षेत्रिय प्रवन्धक गणेश पौडेल र वट्टार शाखा प्रमुख पुरुषोत्तम सापकोटाले संयुक्त रुपमा हस्तान्तरण गरे । वैंकको उपक्षेत्रिय प्रवन्धक पौडेलले वैंकको नीति र सामाजिक उत्तरदायित्व वहनको उद्धेश्य अनुसार उक्त विमा रकम हस्तान्तरण गरिएको वताए ।

यसअघि, उक्त वैंकको २० वर्षे मुद्धती खातामा एकाघरका परिवार अर्थात् वालककी आमा चनमती श्रेष्ठले एकलाख रुपैयासहितको खाता सन्चालन गरेकी थिइन् । वैंकको नीति अनुसार खाता सन्चालकमध्ये एकाघरको चार जनाले उक्त विमा सुविधा पाउने प्रावधान रहेको छ ।

सोही अनुसार परिवारका चार जनामध्ये कसैलाई घातक रोग लागेका विरामीहरुलाई अधिकतम् १० लाख रुपैया विमा रकम प्रदान गर्ने नीति अनुसार उक्त विमा रकम प्रदान गरिएको वैंकको वट्टार शाखा प्रवन्धक पुरुषोत्तम सापकोटाले जानकारी दिए । वैंकको उक्त शाखामार्फत यसअघि पनि उक्त सुविधा ११ जनाले औषधि उपचारअन्र्तगतको विमा वापतको रकम प्राप्त गरिसकेका छन् ।

विरामी वालक श्रेष्ठको हाल कान्ति वाल अस्पतालमा पहिलो चरणको रक्त क्यान्सरको उपचार भइरहेको छ । उनी पृथ्वी माविको कक्षा ५ मा अध्ययनरत रहेका छन् ।
