आधुनिक समयमा पहिचान दिदै वालवालिका

बिदुर– आधुनिक प्रविधिले समातेको वर्तमान समयमा विगतको पहिचानलाई नुवाकोटको वेलकोटका वालवालिकाले आत्मसात गरेका छन् । पन्चकन्या बाल क्लवले पहिलेका गतिविधिहरुलाई विशेषता झल्काउंदै भित्ते पत्रिका निकालेका हुन् ।
बेलकोटगढी नगरपालिका ११ वेलकोटस्थित पन्चकन्या माविमा अधययनरत विद्यार्थीहरुले ‘पञ्चकन्या सिर्जन’ नामक मासिक बाल भित्ते पत्रिकाको वर्ष–१, अंक–१ प्रकाशन गरेका हुन् । त्यसको विद्यालयमा आयोजित कार्यक्रमकावीच लोकार्पण गरिएको छ ।
विद्यार्थीहरूको सिर्जनशीलता अभिव्यक्त गर्ने, लेखन तथा वाचन सीप विकास गर्ने र विद्यालय–समुदायबीचको शैक्षिक सम्बन्ध सुदृढ बनाउनुका साथै पहिलेका पहिचानलाई जिवनता दिने उद्धेश्यले उक्त भित्ते पत्रिका प्रकाशन गरेको पत्रिकाको संरक्षक तथा प्रधानाध्यापक ठाकुरजङ्ग पाण्डेले जानकारी दिए । यसले समाजमा विद्यार्थीहरुको जागरणलाई उजागर गरि क्रियाशील वनाएको उनको भनाई छ ।
उक्त भित्तै पत्रिकाकोे प्रधान सम्पादक दीपकराज बिष्ट रहेका छन् भने सम्पादन मण्डलमा कृस्टी तामाङ, सन्दीप मुडवरी र बिनिसा तामाङ रहेको संयोजक सलिना रैलाको भनाई छ । यसमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाबाट प्राप्त लेख, रचना, चित्रकला लगायतका सामग्रीहरू समावेश गरिएको छ ।
ग्रामीण विषयवस्तुले उक्त भित्ते पत्रिकालाई आकर्षक बनाएको छ । उक्त भित्ते पत्रिका प्रत्येक महिनाको पहिलो साता प्रकाशित गरिने पन्चकन्या बाल क्लवले जनाएको छ ।