विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री
बिदुर– नुवाकोटको हात्तिगौडास्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।

विदुर नगरपालिका ८ स्थित भैरुम माविमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग प्राप्त भएको हो । विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शिक्षाप्रेमी रोशन अधिकारीले उपलव्ध गराएको स्टेशनरी तथा न्यानो मोजा वितरण गरिएको हो ।

साथै, उनले विद्यालयको लागि विभिन्न खेलकुद सामग्रीहरू समेत उपलब्ध गराएका छन् । अधिकारीले गरेको सहयोगप्रति विद्यालयले आभार व्यक्त गर्दै अधिकारीलाई सममान गरेको छ ।

विद्यार्थीहरुलाई ति सामग्रीहरु अध्यक्ष सविन श्रेष्ठ, प्रधानाध्यापक शिवराम श्रेष्ठ, शिक्षाप्रेमी गोकर्ण रोक्का, सुदीप श्रेष्ठलगायतले हस्तान्तरन गरेका हुन् । विद्यार्थीहरूको शिक्षण सिकाई, हौसला र शैक्षिक क्रियाकलापका लागि आफुले उक्त सहयोग गरेको दाता रोशन अधिकारीले वताए ।


















































