माण्डवीको नयां तीज गीत

– म्युजिक भिडियोसमेत सार्वजनिक
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण २१, बिहीबार २३:२०

बिदुर – चर्चित गायिक माण्डवी त्रिपाठीको नयां तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक यस वर्षको तीज गीतको म्युजिक भिडियो रुचाइएको छ । त्रिपाठीको स्वर, डा. अनितारा रन्जितकारको शव्द र विपीन आचार्यको संगीतमा यस वर्षको नयां तीज गीत “नांचौन संगिनी” बजारमा आएको हो । यसको म्युजिक भिडियोको निर्देशन पनि बिपिन आचार्यले गरेका हुन् ।

नेपाल तथा अमेरिकाका बिभिन्न रमणीय र आकर्षक स्थानमा छायांकन गरिएको यसको म्युजिक भिडियो नेपालमा चर्चित क्यामरामेन दीपेन्द्रसिह बस्न्यात र अमेरिकामा ज्ञानेन्द्र कार्कीले खिचेका हुन् । यस गीतमा डा.प्रमोद शर्मा, डा.भामा शर्मा, डा. अनितारा रन्जितकार र ई. राजु पौडेल, आयुष्मा काकीको अभिनयका साथै कोरियोग्राफर रबी कार्कीको रहेको छ । आकर्षक र नाचौं नाचौं लाग्ने यसको म्युजिक भिडियो प्रभामा क्रियशन युट्युब च्यानलबाट बजारमा आइसकेको छ ।

अमेरिकालाई कर्मथलो बनाएका डा. भामा शर्मा र डा. अनितारा रन्जितकार एकदमै मिल्ने साथी पनि हुन् । डा. भामा शर्माले पहिले देखिनै गीत लेख्ने गाउने गर्थिन ।
एकदिन डा. भामा शर्मालाई डा. अनितारा रन्जितकारले एउटा तीज गीत कोरेर कस्तो छ भनेर देखाइन । सोे शब्द डा. भामालाई असाध्यै मन प¥यो र रेकर्डिङ गर्नुपर्ने अनितारालाई सुझाइन् । त्यसपछि त्यो गीतको संगीतसहितको एरेन्जमेन्टको जिम्मा काठमाडौमा एमबी म्युजिक रेकर्डिङ्ग स्टुडियोका चर्चित संगीतकार बिपिन आचार्यलाई दिइयो ।

आचार्यलाई पनि सो गीत सा¥है मन परेकोले तुरुन्तै एरेन्ज गरिहाले र त्यसमा चर्चित गायिका माण्डबी त्रिपाठीको स्वर भरियो । सयौं गीत गाइसकेकी सदावहार गायिका माण्डवी त्रिपाठी र थुप्रै गीतमा संगीत भरेका विपीन आचार्य दम्पत्तिले यस नयां तीज गीतलाई निकै आकर्षक वनाएका हुन् । उनीहरु दुवैले दशकौदेखि गीत संगीतलाई एकसाथ अगाडि वढाइरहेका छन् ।

 


सर्वाधिक रुचाइएको