ककनीमा भलिवल प्रतियोगिता

– ककनी २ ले जित्यो उपाधि
लोकखवर खेल संवाददाता
२०८२ मंसिर २४, बुधबार ०१:३९

बिदुर– भलिवल खेलको विकास र विस्तारका लागि नुवाकोटको ककनी गाउँपालिकामा भलिवल प्रतियोगिता सम्पिन्न भएको छ । विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

ककनी गापाको आयोजनामा रानीपौवा वजारमा गापास्तरीय अन्तर–वडा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता ककनी २ ले उपाधि जितेको छ ।
उपाधिसंगै ककनी २ ले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

प्रतियेगितामा ककनी ३ ले उपविजेता भई नगद १६ हजार ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ । ककनी ४ ले तृतीय भई नगद १२ हजार ट्रफि, मेडल र प्रमाणपत्र र ककनी ६ ले सानत्वना भई नगद ६ हजार ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा ककनीको ८ वटै वडाका भलिवल खेलाडिहरुको सहभागिता रहेको थियो । भवनी मावि रानीपौवामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा ककनी गापाका अध्यक्ष सुमन तामाङ सज्जनले खेल क्षेत्रवाट युवाहरुको सामाजिक तथा शारिरीक विकास हुने वताए । गापा उपाध्यक्ष मिठुमाया तामाङ, विभिन्न वडाका वडाध्यक्षहरुले विजेता तथा उपविजेता खेलाडिहरुलाई पुरस्कार वितरण गरेका हुन् ।


सर्वाधिक रुचाइएको