कर्मकाण्ड कार्यालयको उद्घाटन

– आवस्यक सामग्रीहरु हस्तान्तरण
लोकखबर
२०८२ पुष ६, आईतवार ००:२०

बिदुर– नुवाकोटको लिखु गाउंपालिका ६ छहरेस्थित एक सामाजिक संस्थाको कार्यालयका लागि आवस्यक सामग्रीहरु प्रदान गरिएको छ । सामग्री हस्तान्तरण र कार्यालय उद्घाटन एकैपटक शनिवार गरिएको हो ।

लिखु, शिबपुरी र पन्चकन्या गापाको संगमस्थल छहरेस्थित लिखु खोलाको किनारामा ॐ श्री वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाको कार्यालय उद्घाटन र सामग्री हस्तान्तरण एकैपटक गरिएको हो । वागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले सामग्री हस्तान्तरण र कार्यालय उद्घाटन गरेका हुन् ।

नेता मैनालीले छहरे दोभानमा स्थापित विन्द्रान्चल धाममा रहेको उक्त संस्थाका लागि आवस्यक सामग्रीहरु दराज, कुर्सी, टेवुल, कार्पेट, पर्दा प्रदान गरे । एक थान दराज, २१ थान कुर्सी, एक थान टेवुलसमेत गरि कुल ६५ हजार रुपैया वरावरको सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पुर्वमन्त्रि मैनाली, एमाले क्षेत्र नं. १ का अध्यक्ष सुशीलकुमार खड्का, ॐ श्री वैदिक सनातन कर्मकाण्ड सेवा संस्थाका अध्यक्ष वालकृष्ण कोइराला, सनातन धर्म सेवा समिति वागमतिका अध्यक्ष वरदान थपलियालगायतले नेपालमा धार्मिक पर्यटन वढोत्तरी भइरहेको वताए । सामाजिक गतिविधिका लागि धार्मिक क्षेत्रको महत्व वढेर गएकोसमेत उनीहरुको भनाई छ ।


सर्वाधिक रुचाइएको