बाढीग्रस्त नुवाकोटमा पुर्व राष्ट्रपति भण्डारी
बिदुर – पुर्व राष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले त्रिशूली नदीमा आएको विनासकारी बाढीले क्षति गरेको नुवाकोटको विभिन्न स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेकी छन् । भण्डारीले बाढीग्रस्त नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिकाको विभिन्न स्थानको स्थलगत अवलोकन निरीक्षण गर्दै क्षतिको अवस्था तथा पुर्ननिर्माणको समवन्धमा चासो लिएकी हुन् । भण्डारीले लेन्देखोला हुदै भोटेकोशीवाट त्रिशूली नदीमा आएको बाढीले गरेको क्षति र समस्याबारे मंगलवार स्थलगत जानकारी लिएकी लिएका हुन् ।

उनले बाढीग्रस्त नुवाकोटको विभिन स्थानमा पुग्नुका साथै सरोकारवाला निकायसंग अन्र्तक्रियासमेत गरेकी हुन् । सडकमार्ग हुदै नुवाकोट आएकी भण्डारीले नुवाकोटको विदुर नपा स्थित ढुङ्गे, त्रिशूली, गेर्खु, वेत्रावति, देवीघाट तथा बेलकोटगढी नपाको काशीटारलगायतका स्थानमा पुगेर बाढीले गरेको क्षतिको स्थलगत अवलोकन गरेकी हुन् । गत भदौ १० गते आएको अकल्पनीय बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न भण्डारी नुवाकोट आइपुगेकी हुन् ।

उनले अवलोकनका क्रममा बाढीले पु¥याएको भौतिक क्षति, स्थानीय बासिन्दाले सामना गरिरहेका समस्या तथा प्रभावित क्षेत्रमा भइरहेको राहत र पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएकी छन् । बाढीका कारण खण्डहर बनेको ढुङ्गे, त्रिशूली, देवीघाटलगायतका स्थानको वास्तविक अवस्था बुझ्ने क्रममा भण्डारीले क्षतिग्रस्त संरचना र स्थानीयवासीले भोगिरहेका कठिनाइबारे चासो राखेकी हुन् । उनले बाढी प्रभावितहरुको सुरक्षित पुर्नवास जरुरी रहेको वताइन् । पीडितहरुको आवासको प्रक्रियाका लागि आफुले सम्वन्धित निकायलाई घच्घचाउने उनले वताइन् ।

भण्डारीले पीडितहरुको लागि त्रिशूलीमा वेलिव्रिज तथा आवागमनको विषय पनि आफुले पहल गर्ने वताइन् । वाढीले प्रभावित नुवाकोटको विकासको संरचनालाई ५० वर्षपछाडि धकेलिदिएको पुर्व सांसद नारायणप्रसाद खतिवडाले वताए । अकल्पनीय बाढीबाट नुवाकोटको विभिन्न स्थानमा भएको क्षति तथा प्रभावित नागरिकका समस्या समाधानका सम्वन्धमा पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, राहत तथा प्रभावित नागरिकका तत्कालीन आवश्यकताका विषयमा समाधान गरिनु पर्ने भण्डारीको ठहर छ । तीनै तहको सरकारले जाडोयाम प्रवेश गरिसकेकाले स्वास्थ्य सुरक्षामा ध्यान दिदै बाढी पीडितहरुको पुर्नवासका लागि सहकार्य गर्नुपर्ने वताइन् ।

पुर्व राष्ट्रपति भण्डारीका साथ एमाले केन्द्रीय सदस्य तथा वागमति प्रदेशका पुर्वमन्त्री केशवराज पाण्डे, अर्का केन्द्रीय सदस्य विन्दा ढुंगाना, पुर्व सांसद नारायणप्रसाद खतिवडा, पार्टी जिल्ला स्तरिय पदाधिकारी, कार्यकर्ता, युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो । बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न तीन सातापछि नुवाकोट आइपुगेकी नेत्रृ भण्डारीले सरोकारवालावीचको विशेष अन्र्तक्रियामासमेत सहभागी भएकी हुन् ।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पु¥याएको क्षति, खोज तथा उद्धार, राहत वितरण एवं पुनःउत्थानका सवालमा भइरहेका गतिविधिको जानकारी लिन भण्डारी एमाले जिल्ला कार्यालय बिदुर तथा वेलकोटगढीको काशीटारमा आयोजित कार्यक्रममा बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै राहत, पुनःस्थापना तथा पुनःउत्थानको कार्य आवस्यक रहेको वताइन् । बाढीपछिको अवस्था बुझ्न नुवाकोट आएकी भण्डारीले बाढीले नुवाकोटमा पारेको क्षति, उत्पन्न समस्या तथा तत्काल आवश्यक पहलका विषयमा विस्तृत जानकारी लिएकी हुन् ।



















































