बालमैत्रीस्थल सन्चालन
– १५ स्थानमा बालमैत्रीस्थल
बिदुर – डेढ महिना अगाडिको बाढीले प्रभावित गरेका बालबालिकाहश्रका लागि नुवाकोटमा बालमैत्री स्थल सञ्चालन भएको छ । यसवाट वालवालिकाहरु लाभान्वित भउका छन् । रेडक्रसमार्फत बाढी प्रभावित बालबालिकाका लागि नुवाकोटका विभिन्न १५ स्थानमा बालमैत्री स्थल सञ्चालन गरिएका हुन् ।

बालमैत्री स्थलमा बालबालिकाले अध्ययन, गृहकार्य, चित्रकला लगायतका रचनात्मक गतिविधिसँगै मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर पाइरहेको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसले बाढीको प्रभाव भुल्दै उनीहरूलाई दैनिक जनजीवन सामान्य बनाउन सहयोग पु¥याइरहेको छ । रेडक्रसमार्फत नुवाकोटका विभिन्न १५ स्थानमा सञ्चालित बालमैत्री स्थलबाट ५ सय भन्दा बढी बालबालिका लाभान्वित भइरहेका छन् ।











































