त्रिशूली–ढुंगे बेलिव्रिज धमाधम निर्माण

– तीन सातामा ७० मिटर लामो वेलिव्रिज निर्माण गरिने
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन २८, बुधबार १३:१६

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको त्रिशूलीमा पश्चिमी भेग जोड्ने दुई वटा पक्कि पुल वगाएपछि डेढ महिनादेखि आवागमन ठप्प रहेको छ । वैकल्पिक मार्ग सन्चालन गरिएपनि कच्ची र प्रभावकारी हुन नसक्दा जिल्ला अस्पताल त्रिशूली जानसमेत समस्या भएको छ । बिदुर नगरपालिका १ त्रिशूली र ढुंगे बजार जोड्न बेलिब्रिज निर्माणको कार्य धमाधम भइरहेको छ । बिदुर नगरपालिकाले उक्त बेलिब्रिज निर्माणको कार्य प्राविधिकमार्फत गरिरहेको मेयर राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक खरिद ऐनलगायतका आवस्यक प्रक्रियाका कारण उक्त बेलिब्रिज निर्माणको कार्य ढिलाई भएको वताए । उक्त स्थानमा बेलिब्रिज निर्माणको कार्य सकिएपछि आवतजावतमा सहजता आउने छ । बिदुर नपाको आवश्यक पहलमा उक्त बेलिब्रिज निर्माणको कार्य धमाधम भइरहेको मेयर श्रेष्ठको भनाई छ । आगामी कार्तिक २१ गतेभित्र निर्माण सम्पन्न हुने गरि उक्त बेलिब्रिज निर्माणको कार्य धमाधम भइरहेको छ । कुल ७० मिटर लम्वाई रहने बेलिब्रिज निर्माणको काममा दैनिक २० जना र १२ थान स्काभेटर परिचालन गरिएको छ ।

गत भदौ १० गते विहान १० वजे आएको अकल्पनीय बाढीले विदुर–१ ढुङ्गे–त्रिशूली जोड्ने दुई वटा पक्कि पुल ध्वस्त पारेपछि आवतजावत रोकिएको छ । कृषि विकास वैंकको पछाडि र त्रिशूली जलविद्युत केन्द्रमा ठिक तल उक्त बेलिब्रिज निर्माणको कार्य सुरु भएको हो । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीका कारण नदी वारि–पारि आवागमन अवरुद्ध भएपछि विदुर नपाले एक महिना अगाडि पुल निर्माणका लागि स्थान छनौट गरी डिजाइन तयार गरेको थियो । पुल निर्माणको सम्पूर्ण खर्च विदुर नगरपालिकाले बेहोर्ने गरी काम सुरु गरिएको बिदुर नपाले जनाएइको छ ।

बेलिब्रिज निर्माणको लागि आवस्यक फाउण्डेसन निर्माणको कार्य सकेर ७० मिटर लम्वाईको पुलको निर्माण कार्य धमाधम भइरहेको बिदुर नपा १ का वडाध्यक्ष लेनिन रन्जितले जानकारी दिए । उनका अनुसार सिद्धकाली निर्माण सेवाले निर्माण कार्य गरिरहेको छ । सडक विभागवाट डिजाइन स्वीकृत गरि निर्माण कार्य सुरु भएको वडाध्यक्ष रन्जितको भनाई छ । उक्त बेलिब्रिज निर्माणको लागि बिदुर नपाको तीन करोड ५१ लख रुपैया खर्च हुने जनाइएको छ ।

तीन साताभित्र बेलिव्रिजको निर्माण कार्य सक्नेगरि कार्य भइरहेको छ । बाढीबाट प्रभावित भई त्रिशूली नदी वार–पार आवागमन अवरोध भएपछि बिदुर नगरपालिकाले कृषि विकास बैंक पछाडिबाट त्रिशूली जोड्ने अस्थायी बेलिब्रिज निर्माणका लागि स्थान छनोट गरी डिजाइन तयार गरेको थियो । बिदुर नपाका स्काभेटर, जेसिभीलगायतका हेभि उपकरण उक्त संरचना निर्माणमा लागेका छन् । बढीले ध्वस्त पारेको ढुंगे र त्रिशूली बजार जोड्न बेलिब्रिज निर्माणको लागि बिदुर नपा कार्यालयले आवश्यक कार्य अगाडि बढाएको हो ।

विदुर नपाबाट परामर्शदातामार्फत आवश्यक प्राविधिक अध्ययन गरी डिजाइन समेत तयार गरि ७० मिटर लम्बाईको बेलीब्रिज निर्माण कार्य सुरु भएको हो । हाल बेलीब्रिज जडानको लागि दुवैतर्फ फाउण्डेसनको निर्माण कार्य भइरहेको छ । पुल जडानमा लाग्ने सम्पूर्ण खर्च दायित्व बिदुर नपाले ब्यहोर्ने भएको हुदा जतिसक्दो ढुङ्गे–त्रिशूली जोड्न मोटरेबल पुल निर्माण हुने लक्ष्य चाडै पूरा गर्न सकिने विश्वास लिइएको छ । उक्त स्थानभनदा दुई सय मिटर उत्तरपुर्वमा झोलुंगे पुल निर्माण गरिएको छ ।

पुलको निर्माण कार्य सकेर तारजालीको बार राख्ने कार्य भइरहेको नुवाकोट निर्माण व्यवसायी महासंघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलको भनाई छ । विदुर– १ ढुङ्गेबाट त्रिशूली बजार आवतजावत गर्न बेलिब्रिज जडानको थप प्राविधिक जानकारीको लागी मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा, विभिन्न वडाका वडाध्यक्षहरु सहित प्राविधिक टोलीबाट स्थलगत अध्ययन तथा अवलोकन गरि आवस्यक प्राविधि परामर्शसहित उक्त बेलिव्रिजको निर्माण कार्य सुरु गरिएको हो ।


सर्वाधिक रुचाइएको