आदिवासी चलचित्र अवार्ड सम्पन्न
बिदुर– सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिस्तरमा उजागर गर्ने उद्धेश्यले सन्चालित तेश्रो आदिवास िचलचित्र अवार्ड सम्पन्न भएको छ । विभिन्न व्यक्तिहरुले अवार्ड प्राप्त गरेका छन् ।

नेपालका आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२’ रूपमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा चावहिलस्थित बोर्डको सभाहलमा उक्त अवार्ड सम्पन्न भएको हो ।

समारोहमा देश तथा विदेशमा क्रियाशील आदिवासी जनजाति समुदायका कलाकार, सर्जक तथा चलचित्रकर्मीहरूलाई ३४ विद्यामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालको कला, संस्कति तथा मौलिकता देशको गहना भएको वताए ।

उनले यसको संरक्षण र सम्वद्र्धनका लागि चलचित्र क्षेत्रमा थप योगदान पु¥याउनु पर्ने वताए । कार्यक्रमा विशिष्ट अतिथि नायक धिरेन शाक्य, कलाकार कविता आले तथा द्वन्द निदेशर््क तथा कलाकार राजेन्द्र खड्गीलगायतले चलचित्रको प्रवद्र्धनमा अव मौलिकताको विकल्प नरहेको वताएका छन् ।

कार्यक्रममा अग्रज गायक एवं संगीतकार कृष्ण गुरुङ र पत्रकार अनील गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ । क्वालिटी फिल्मस्ले आयोजना गरेको अवार्ड समापन समारोहको संयोजन उमेश गुरुङ र सनी लिम्बुले गरेका थिए ।

आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्धेश्य रहेको छ । कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
























































